रमाइलोः ‘पर्यटन महिला’ले मनाए तीज

शकुन्तला देवकोटा

ठमेल पर्यटनको मुख्य बजार र हामी टुरिजम व्यवसायी । चार महिना व्यवसायमा व्यस्त अनि आठ महिना बेरोजगार । छरपस्ट उम्रिएका संघसंस्था अनि त्यसमाथि चल्ने घिनलाग्दो राजनीति ।

त्यो भन्दा थोरै माथि उठेर केही गरौँ भन्ने हाम्रो चाहना । बेरोजगार समयलाई पनि केही सिपमुलक कार्यक्रम गरेर समयको सदुपयोग गरी आत्मानिर्भर बन्न, बनाउन सकिन्छ भन्ने उद्धेश्यले स्थापना गरिएको महिला पर्यटन व्यावसायिक संजाल ।

यसमा कुनै राजनीति गन्ध आउँदैन र यो संजालमा आएर राजनीति गर्न खोज्नेहरु आफै बाहिरिने छन् । यो नितान्त व्यवसायिक संजाल हो । सबै किसिमका व्यवसायी अटाउने छन् यसमा । केही गरौं र केही गराऊँ भन्ने हाम्रो मुख्य लक्ष्य छ ।

अब कुरा आयो तीजको । परापुर्वकालदेखि महिलाहरुले मनाउँदै आएको हिन्दु संस्कृतिभित्र पर्दछ यो पर्व । तीजकै दिन सबै साथीहरु आ–आफ्नो घरमाइती जानूपर्ने भएको कारण अलि अघि नै भेटघाट गरौं र शुभकामना आदानप्रदान गरौं भन्ने उद्धेश्यले आज तीज कार्यक्रम विभिन्न पार्टीसँग आस्था राख्ने तर सबै टुरिजमका छयालिस जना साथीहरुलाई जम्मा गरी होटेल ठमेल पार्कमा मनाइयो । आजको कार्यक्रममा ट्राभल टुरिजमका साथीहरुको बाक्लो उपस्थिति थियो ।

बिहान १० बजेबाट सुरु भएको कार्यक्रम दिनभरी रमाइलो वातावरणमा नाचगान गरी चार बजे दर खाएर बिसर्जन गरियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button