टान निर्वाचनः निलहरि प्यानल परिचय

१. निलहरि बाँस्तोला
अध्यक्ष पदका उम्मेद्वार
निलहरि बाँस्तोला टान निर्वाचन–२०२२ का लागि अध्यक्षका प्रत्यासी हुनुहुन्छ । विश्व शीर सगरमाथासहितको हिमाली पर्यटनको खास जिल्ला सोलुखुम्बुको नेचासल्यानमा जन्मिनुभएका बाँस्तोला एसियन हेरिटेज ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक हुनुहुन्छ । ट्रेकिङ, ट्रान्सपोर्ट, ट्राभल, होटल, अपार्टमेन्ट, होमस्टे, हस्तकला र पस्मिना व्यवसायी उहाँ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पुर्व उपाध्यक्ष समेत हुनुहन्छ । बाँस्तोला सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँले एसियन हेरिटेज फाउण्डेसनमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सेवा गर्दै आउनुभएको छ । उहाँकै अग्रपहलमा गृह जिल्ला सोलुखुम्बुमा नेचा सामुदायिक अस्पतालसमेत सञ्चालन हुँदै आएको छ । स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएका उहाँ लायन्स क्लब अफ नेपाल हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हुनुहन्छ भने किवानिज क्लब अफ नेपाल होराइजनजस्ता संस्थामा समेत आवद्ध हुनुहुन्छ ।

२. कृष्णप्रसाद दाहाल
बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार
कृष्णप्रसाद दाहाल टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट बरिष्ठ उपाध्यक्षका प्रत्यासी हुनुहुन्छ । नेपालको पर्यटन व्यवसायमा महत्वपुर्ण स्थान ओगटेको पर्यटकीय जिल्ला धादिङको गंगाजमुना गाउँपालिकामा जन्मिनुभएका दाहाल ग्लोबल एड्भेन्चर टेकिङका प्रबन्ध निर्देशक हुनुहुन्छ । शिक्षाशास्त्रमा स्नातक उहाँ अंग्रेजी र हिन्दीमात्र होइन, स्पेनिस भाषामा समेत पोख्त हुनहुन्छ । सन् २००२ मा अन्तराष्ट्रिय आरोहीहरुलाई प्रसिद्ध चुचुरो आमादब्लमको सफल आरोहण गराई लाइभ ब्रोडकास्ट गरी नेपालको पर्यटन प्रमोशनमा उल्लेखनीय योगदान पुर्याउनुभएका दाहाल समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । २०७२ सालको भुकम्पपछि पिडित र प्रभावितहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उहाँले आर्थिक तथा भौतिक सहयोग पुर्याउनुभएको थियो ।

३. प्रदीप पन्डित
प्रथम उपाध्यक्ष पदका उम्मेद्वार
प्रदीप पन्डित टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट प्रथम उपाध्यक्षका प्रत्यासी हुनुहुन्छ । ऐतिहासिक तथा पर्यटकीय जिल्ला नुवाकोटको तार्केश्वरमा जन्मिनुभएका पन्डित अल्पाइन कैलाश ट्रेकका प्रबन्ध निर्देशक हुनुहुन्छ । व्यवसायका साथसाथै समाजसेवामा पनि उत्तिकै सक्रिय उहाँ सामाजिक सेवा गरेवापत विभिन्न संघसंस्थाबाट पुरस्कृत तथा सम्मानित पनि हुनुभएको छ । कैलाश यात्रा संचालक संघमा कोषाध्यक्षको भुमिकामा रहेर आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नुभएका उहाँले नेपालको पर्यटन विस्तारक्रका लागि स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, इटाली, चीन, भारत लगायतका देशहरुको भ्रमण गरिसक्नु भएको छ ।

४. धनबहादुर गुरुङ
द्धितिय उपाध्यक्ष पदका उम्मेद्वार
धनबहादुर गुरुङ टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट द्धितिय उपाध्यक्षका प्रत्यासी हुनुहुन्छ । हिमाल आरोहीसमेत रहनुभएका ट्रेकइथिक एड्भेन्चरका प्रबन्ध निर्देशक गुरुङ ऐतिहासिक तथा पर्यटकीय जिल्ला गोरखामा जन्मिनुभएको हो । मादल बजाउन र नाच्न असाध्यै सिपालु उहाँ जनस्वास्थ क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । गोरखामा अजिरकोट आँखा उपचार केन्द्र स्थापना गर्नुभएका जिटिनका कार्यसमिती सदस्य उहाँले काभ्रे, रामेछाप, लमजुङ, धादिङलगायतका जिल्लामा पटकपटक स्वास्थ्य शिविर संचालन गरेर परोपकारी कर्म गर्नुभएको छ । मुटु फाउन्डेसनमार्फत शिक्षा र स्वास्थ्यसेवामा सक्रिय समाजसेवी गुरुङ बौद्ध हिमाल पर्यटन विकास समिती, गोरखाका अध्यक्ष पनि हुनहुन्छ । उहाँकै नेतृत्वमा नागे–नारद पोखरी पदमार्गको विकास एवम् प्रवर्धन भएको हो । हिमाली म्याराथनमा विशेष दखल राख्ने उहाँ भलिवल खेलाडी समेत हुनुहुन्छ । साइनिङ हिल्स् एग्रिकल्चरका संचालक गुरुङ अजिरकोट गाउँपालिका, गोरखाका पर्यटन दूत हुनुहन्छ ।


५. विनोद सापकोटा (बाबु)
महासचिव पदका उम्मेद्वार
विनोद सापकोटा (बाबु) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट महासचिवका प्रत्यासी हुनुहुन्छ । नेपालको पर्यटन व्यवसायमा महत्वपुर्ण स्थान ओगटेको पर्यटकीय जिल्ला धादिङको निलकण्ठमा जन्मिनुभएका सापकोटा नेपाल ट्रेक एडभेन्चर एन्ड एक्सिपिडिसनका प्रबन्ध निर्देशक हुनुहन्छ । स्नातकसम्मको अध्ययन पुरा गर्नुभएका उहाँ पर्यटन र समाजसेवासँगै कला क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँले केही समयअघि लभ डायरिज नामक चलचित्रको निर्माण गर्नुभएको थियो । लायन्स क्लव अफ नेपाल एभरेस्टका चार्टर मेम्बर सापकोटा किवानीज क्लव अफ निलकण्ठ, धादिङका प्रिसिडेन्ट पनि हुनुहुहन्छ । २०७२ सालको भुकम्पले भत्किएका स्कुलहरुको पुननिर्माणमा विशेष योगदान पुर्याउनु भएका उहालेँ नेपालको पर्यटनको प्रचारप्रसार गर्दै भारत, लिथुनिया, लाटभिया, इस्थेनिया, इटाली, नर्वे, पोल्यान्ड, टर्कीलगायत युरोपका अधिकाँश देशहरुको भ्रमण गर्नुभएको छ ।

६. होमनाथ भट्टराई
सचिव पदका उम्मेद्वार
होमनाथ भट्टराई टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सचिवका प्रत्यासी हुनुहुन्छ । पश्चिम नेपाल, गुल्मीबाट टानको इतिहासमै पहिलो उम्मेदवार उहाँ कालीगन्डकी गाउँपालिका, जयखानीमा जन्मिनुभएको हो । जेभिल नेपाल ट्रेकिङ एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक उहाँ व्यवस्थापनमा स्नातक हुनहुन्छ । कोरिया टुर एन्ड ट्रेकिङ अपरेटरर्स् एशोसिएसन नेपालका सदस्य उहाँ होटल ठमेल पार्क, होटल गौरी भिलेज, लेकसाइड र गोरखा कफी एन्ड एग्रो इन्डष्ट्रीका पनि संचालक हुनुहुन्छ । अप्पर मेवा खोला ए हाइड्रो पावरका बोर्ड अफ डाइरेक्टर उहाँ श्रम मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कोरियन भाषा इन्स्ट्रक्टर पनि हुनहुन्छ । उहाँ ग्रीन सिटी अस्पतालका संस्थापक समेत हुनुहुन्छ । सात बर्ष कोरिया बस्नुभएका उहाँसँग आठ बर्षको शिक्षण अनुभव छ ।

७. पुरुषोत्तम तिमल्सेना (पुरु)
कोषाध्यक्ष पदका उम्मेद्वार
पुरुषोत्तम तिमल्सेना (पुरु) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट कोषाध्यक्षका प्रत्यासी हुनुहुन्छ । पर्यटकीय जिल्ला धादिङको ज्वालामुखीमा जन्मिनुभएका उहाँ एभोव द हिमालय ट्रेकिङ्गका प्रबन्ध निर्देशक हुनुहुन्छ । सरस्वती क्याम्पस, ठमेलवाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पुरा गर्नुभएका उहाँ समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँले शमीभञ्याङ माविमा हिमालयन लाईब्रेरी स्थापनाको लागि सहयोग गर्नुभएको थियो भने वराह कालिका माविको भवन निर्माण पनि महत्वपूर्ण सहयोग रहेको थियो । खेलकुद विकास समाज र ठुलो चौर माविमा कम्प्युटर शिक्षालय स्थापनाका लागि पनि उहाँको महत्वपुर्ण योगदान रहेको छ । नेपाली पर्यटनको प्रचारप्रसार गर्दै उहाँले अमेरिका, युएई, भुटान, भारत, मलेसिया, थाइल्यान्ड, सिंगापुर, स्पेन नेदरल्यान्ड, चीन, इन्डोनेसिया, फ्रान्स, इजरायल, श्रीलंका, माल्दिभ्स, लाओस, कम्बोडियालगायतका देशहरुको भ्रमण गर्नुभएको छ ।

८. छिङ दोर्ची शेर्पा
सहकोषाध्यक्ष पदका उम्मेद्वार
छिङ दोर्ची शेर्पा टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सहकोषाध्यक्षका प्रत्यासी हुनुहुन्छ । पूर्वी नेपालको पर्यटकीय जिल्ला संखुवासभाको पाथीभरामा जन्मिनुभएका उहाँ फ्रेन्डसीप ट्रेक्स् एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक हुनुहुन्छ । बौद्ध महासंघका आजीवन सदस्य उहाँ नेपाल शेर्पा सेवा केन्द्रका सदस्य तथा संखुवासभा शेपर्न समाजका संरक्षक हुनुहुन्छ । खासगरी पिक क्लाइम्बिङमा विशेष अनुभवी उहाँ पुराना पर्यटनकर्मी हुनुहुन्छ । २०४५ सालदेखि पर्यटनमा सक्रिय उहाँ नेपालको पर्यटनको प्रचार गर्दै भारत, चीन, जापान र युरोपका अधिकाँश देशहरको भ्रमण गर्नुभएको छ ।

९. गणेश बहादुर अधिकारी
सदस्य पदका उम्मेद्वार
गणेश बहादुर अधिकारी टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । पर्यटकीय जिल्ला धादिङको गंगाजमुनामा जन्मिनुभएका उहाँ फुटप्रिन्ट एड्भेन्चरका प्रवन्ध निर्देशक हुनहुन्छ । ट्रेकिङ गाइडका रुपमा उहाँले देशका अधिकाँश ट्रेकिङ ट्रेललाई छामिसक्नुभएको छ । युवा जोश र जाँगरले भरभराउँदो उहाँ नाच्न गाउन पनि उत्तिकै सिपालु हुनुहुन्छ । व्यवसायका साथसाथै समाजसेवामा पनि उत्तिकै सक्रिय उहाँको मिलनसारिता लोभलाग्दो छ ।


१०. राजु अर्याल
सदस्य पदका उम्मेद्वार
राजु अर्याल टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । ऐतिहासिक तथा पर्यटकीय जिल्ला गोरखाको विरेनचोकमा जन्मिनुभएका अर्याल एड्भेन्चर एल्टिच्युट ट्रेक्सका प्रवन्ध निर्देशक हुनुहुन्छ । स्नातकसम्मको अध्ययन पुरा गर्नुभएका उहाँ समाजसेवा गरेवापत विभिन्न स्थानीय पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको छ । श्री जनचेतना युवा क्लवका कार्यकारी अध्यक्ष उहाँ गोरखाको पर्यटन विकासमा अत्यन्तै सक्रिय हुनुहुन्छ । नेपालको पर्यटन प्रचार प्रसार गर्दै उहाँले भारत, चीन, पोल्यान्डलगायतका देशहरुको भ्रमण गर्नुभएको छ ।

११. कुमार लामा
सदस्य पदका उम्मेद्वार
कुमार लामा टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । सांस्कृतिक तथा पर्यटकीय जिल्ला काभ्रेपलान्चोकको कात्तिके देउरालीमा जन्मिनुभएका लामा हिमालय एक्सप्लोरेसन ट्रेक्सका संचालक हुनुहुन्छ । लायन्स क्लव अफ काठमाडौं स्टारमा दुई कार्यकाल अध्यक्ष भई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा योगदान पुर्याउनुभएका उहाँले विशेष गरी कोभिड महामारीताका राहत तथा जनअभिमुखीकरण कार्यक्रम संचालन गर्नुभएको थियो । उहाँ तामाङ रिमठिम पर्यटन संजालको कार्यसमिती सदस्य पनि हुनुहुन्छ ।

१२. सुवास भण्डारी
सदस्य पदका उम्मेद्वार
सुवास भण्डारी टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । पर्यटकीय तथा साँस्कृतिक जिल्ला काभ्रेपलान्चोकको चौरी देउरालीमा जन्मिनुभएका भण्डारी अन्नपुर्ण इन्काउन्टरका संचालक हुनुहुन्छ । रानीतिशास्त्रमा स्नातकोत्तर उहाँ आफ्ना परोपकारी कर्मका कारण रेडक्रस, स्कुल र गाउँपालिकाबाट समेत सम्मानित भइसक्नुभएको छ । युनाइटेड ह्यान्डस् क्लवको संस्थापक अध्यक्ष उहाँले प्राकृतिक विपत्तिमा परेकाहरुलाई मात्र नभई असहाय र अशक्तहरुलाई पनि सहयोग पुर्यानुभएको छ । लायन्स क्लवमा समेत आवद्ध उहाँ नेपालको पर्यटनको प्रचारप्रसार गर्दै इजरायल, भुटान, चीन, युएई, भारतलगायतका देशहरु भ्रमण गर्नुभएको छ ।

१३. हेम बहादुर कार्की
सदस्य पदका उम्मेद्वार
हेम बहादुर कार्की टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । सुन्दर पहाडी जिल्ला ओखलढुँगामा जन्मिनुभएका कार्की हिमालयन नेचर ट्रेक्सका प्रवन्ध निर्देशक हुनुहुन्छ । आइकमसम्मको अध्ययन गर्नुभएका उहाँले रक्तदान सम्मान प्राप्त गर्नुभएको छ । उहाँले ४३ पटक रक्तदान गर्नुभएको छ । गाम्नाङटार सेवा समाज र जनहित कृषक समुहका अध्यक्ष उहाँ ओखलढुँगा सम्पर्क समाज, लिखु सम्पर्क मञ्च, ग्रामोदय आधारभुत विद्यालय आदिसँग पनि सम्बन्धित हुनुहुन्छ । नेपालको पर्यटन प्रचारप्रसार गर्दै उहाँले भारत, चीन, कतार, युएई, इरानलगायतका देशहरुको भ्रमण गर्नुभएको छ । उहाँ ट्रेकिङ गाइडका साथै असाध्यै मीठो खाना बनाउने कुक समेत हुनुहुन्छ ।

१४. रामप्रसाद बन्जरा (रिचार्ड)
सदस्य पदका उम्मेद्वार
रामप्रसाद बन्जरा (रिचार्ड) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । राजधानी छेवैको पर्यटकीय जिल्ला धादिङको त्रिपुरासुन्दरीमा जन्मिनुभएका बन्जरा हिमालय ल्यान्ड ट्रेक्स एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक हुनुहुन्छ । बीबीएससम्मको अध्ययन पुरा गर्नुभएका उहाँ व्यवसायसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । २०७२ सालको विनाशकारी भुकम्पपछि र कोभिड महामारीताका उहाँले पुर्याउनुभएको सहयोगको धेरैले मुक्तकन्ठले प्रशंसा गर्छन् । त्यसक्रममा उहाँले ३५ भन्दा बढी जिल्लामा खाद्यान्न वितरण गर्नुभएको थियो ।

१५. लाक्पा दोर्जे शेर्पा
सदस्य पदका उम्मेद्वार
लाक्पा दोर्जे शेर्पा टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । हिमाली पर्यटनको खास केन्द्र, विश्व शीर सगरमाथाको जिल्ला सोलुखुम्बुमा जन्मिनुभएका शेर्पा एक्टिभ जर्निज होलिडेजको प्रवन्ध निर्देशक हुनुहुन्छ । २०७२ सालको विनाशकारी भुकम्पमा भुकम्प पिडित र प्रभावितलाई विशेष सहयोग पुर्याउनुभएका शेर्पाले कोरोना महामारीताका पनि त्यस्तै परोपकारी कर्म गर्नुभएको थियो । गीतसंगीतका सौखिन उहाँको गायनलाई धेरैले प्रशंसा गर्ने गरेका छन् ।

१६. नमिनाथ देवकोटा (नवीन)
सदस्य पदका उम्मेद्वार
नमिनाथ देवकोटा (नवीन) टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । हिमाली पर्यटनका लागि प्रसिद्ध जिल्ला रसुवाको धैवुङमा जन्मिनुभएका देवकोटा स्नो भ्यु ट्रेक एन्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक हुनुहुन्छ । पर्यटनका साथै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय उहाँले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । भारत तथा चीनलगायतका देशहरुको भ्रमण गर्नुभएका उहाँ २०६० सालमा पर्यटनमा प्रवेश गर्नुभएको हो ।

१७. सजना त्रिपाठी
सदस्य पदका उम्मेद्वार
सजना त्रिपाठी टान निर्वाचन–२०२२ का लागि निलहरि बाँस्तोला समूहबाट सदस्यका प्रत्यासी हुनुहुन्छ । देशको राजधानी तथा सांस्कृतिक शहर काठमाडौंको बानेश्वरमा जन्मिनुभएकी त्रिपाठी हाइकिङ एडभेन्चर ट्रेक्सकी प्रवन्ध निर्देशक हुनुहन्छ । इन्जिनियरिङमा स्नातक उहाँको खास दखल कन्टेन्ट तथा ब्लग राइटिङमा छ । नेपालका सुन्दर ठाउँहरुबारे सुन्दर तरिकाले कलम चलाउनसक्ने उहाँको खुवी आम पाठकका लागि मात्र होइन, नेपालकै पर्यटन विकासको लागि खुशीको कुरा हो । प्रविधीमा समेत उत्तिकै अब्बल उहाँ अंग्रेजीबाहेक स्पेनिस पनि खरर बोल्नु हुन्छ । उहाँ लायन्स क्लव अफ हिमचुलीमा पनि आवद्ध हुनुहुन्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button