
जो हराइन्छ भनेर ठमेल छिर्न डराए
सन् १९९८ मा पहिलो पटक गाडी चढेर धादिङबेसीबाट काठमाडौ आए । उनले त्यति बेला नै हो पहिलो पटक गाडी चढेको पनि । काम खोज्नेक्रममा ठमेल नजिकैको भरियोचोकमा गए । सुरु गरे पर्यटकको भारी बोक्ने काम । यात्रा भारीमा रोकिएन । श्रमिकबाट बहुव्यवसायी बने । अध्ययनलाई निरन्तरता दिए । लिंकन युनिभर्सिटी, मलेसियाबाट विद्यावारिधी गर्दैछन् । धादिङको दुर्गम रुवी भ्यालीका तेज गुरुङको भाग्य नै बदलिदियो ठमेलले । ठमेलका अनेक आयाम र आफ्ना आन्तरिक अनुभव सुनाए उनले । एउटा प्रेरणादायी भिडियो कथा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


