कस्ता छन् टिम भविश्वरका क्यान्डिडेट ? १५ जना १५ परिचय

ठमेल पर्यटन विकास परिषदको निर्वाचन–२०२२

भविश्वर शर्मा समूहको उम्मेदवार परिचय


भविश्वर शर्मा
अध्यक्षका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट अध्यक्ष पदका प्रत्यासी भविश्वर शर्मा टीटीडीसीको उपाध्यक्ष हुनुहुन्छ । यसअघि उहाँ टीटीडीसीको महासचिव हुनुहुन्थ्थ्यो । बाग्लुङको जैमुनीमा जन्मिनुभएका राजनीतिशास्त्रमा स्नातक शर्मा काठमाडौं आगन्तुक होटल, मकालु फेसन इन्डस्ट्री, ठमेल रियल थेरापीलगायतका संचालक हुनुहन्छ । ढुँगेधारा पुनर्निर्माण समितीको संयोजक भएर लोभलाग्दो काम गर्नुभएका शर्माले कोभिड महामारीका बेला कोभिड टुरिजम डिजास्टर कोर्डिनेसन कमिटीको संयोजक भएर पर्यटन व्यवसायीलाई खोप उपलब्ध गराउन पनि महत्वपूर्ण भुमिका खेल्नुभयो । कमिटीमा झन्डै ४५ वटा पर्यटन संस्था सम्मिलित थिए । कोभिडविरुद्धको खोप अभियानमा मात्र होइन, घरभाडा समायोजन, डिमान्ड शुल्क छुट, सहुलियत कर्जा, राहत माग, तार व्यवस्थापन आदिका लागि पनि शर्माको अगुवाई, सक्रियता र योगदान अतुलनीय रहेको छ ।


सहदेव धमला

उपाध्यक्षका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट उपाध्यक्ष पदका प्रत्यासी सहदेव धमला स्नातकोत्तर हुनुहुन्छ । नेपाली पर्यटनको प्रचार गर्दै जापान, जर्मन, स्वीट्जरल्यान्ड, सिंगापुर मोरिसस् लगायत बाइसभन्दा बढी देशको भ्रमण गरिसक्नुभएका उहाँ राजधानी छेउैमा रहेको धादिङको ज्यामरुङमा जन्मिनुभएको हो । अंग्रेजीमात्र होइन, स्पेनिस भाषामा समेत बलियो पकड राख्नु हने धमला ठमेलको भगवतीबहालमा रहेको काठमाडौं इको होटल संचालन गर्नुहुन्छ । सम्पदा भ्रमणस्थलको रुपमा विकास गरी ठमेललाई विशेष ठमेल बनाउने उहाँको गहिरो सपना छ । राम्रो ठमेल हाम्रो ठमेलका लागि सबै सँगसँगै भन्ने भावना र व्यवहारसाथ अगाडि बढ्ने उहाँको प्रभावकारी सोच छ ।


सुरेन्द्र श्रेष्ठ
उपाध्यक्षका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट उपाध्यक्ष पदका प्रत्यासी सुरेन्द्र श्रेष्ठसँग टीटीडीसीको कार्यसमिती सदस्यको रुपमा कार्य गरेको अनुभव छ । सुबिन स्टोरका संचालक श्रेष्ठ स्नातकोत्तर हुनुहुन्छ । ठमेलमा व्याप्त विकृति विसंगति हटाई ठमेललाई पूर्ववत् साँस्कृतिक विशेषतासहितको आधुनिक सुविधाले सम्पन्न पर्यटकीय हब बनाउन मन, वचन र कर्मले लागिरहने उहाँ बताउनुहुन्छ । ठमेलमै जन्मिनुभएका उहाँलाई ठमेलका अन्तरकुन्तर थाहा छ, थाहा छ यहाँका समस्यालाई समाधान गर्ने सुत्र । त्यसैका लागि उहाँ नेतृत्वको लागि अगाडि आउनु भएको छ ।


प्रश्रय राजभण्डारी
उपाध्यक्षका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट उपाध्यक्ष पदका प्रत्यासी प्रश्रय राजभण्डारीले इन्जिनियरिङ मेनेजमेन्टका साथै विजनेश एड्मिनिस्ट्रेसनमा मास्टर्स् गर्नुभएको छ । मन्डला स्ट्रिटमा मन्डला डिप प्राइभेट लिमिटेड संचालन गरिरहनुभएका राजभण्डारीले प्रोजेक्ट इम्प्लिमेन्ट एन्ड स्ट्राटेजिक प्लानिङमा विशेष तालिम पनि प्राप्त गर्नुभएको छ । ठमेलमै जन्मनुभएका उहाँ सन् २०१५ मा युटिएस रेजिस्डेन्टल नेटवर्कर बन्नुभएको थियो । सकारात्मक शैलीले सबैलाई समेटेर अघि बढ्ने योजनासहित राम्रो ठमेल हाम्रो ठमेल बनाउन उहाँ यो निर्वाचनमा सामेल हुनुभएको छ ।


बद्री प्रसाद तिमिल्सिना
महासचिवका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट महासचिव पदका प्रत्यासी बद्री प्रसाद तिमिल्सिना टीटीडीसीको सचिव हुनुहुन्छ । गाइडिङ तथा मानवअधिकारसम्बन्धी विशेष तालिम लिनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । र, त्यसवापत विभिन्न संस्थाद्धारा सम्मानित पनि हुनुहुन्छ । पञ्चकन्या पस्मिना हाउसका संचालक उहाँ स्नातक हुनुहुन्छ । काभ्रेको विशेष पर्यटकीय एवम् आध्यात्मिक क्षेत्र नमोबुद्धमा जन्मिनुभएका उहाँ राम्रा कामको निरन्तरता जोड दिनु हुन्छ । त्यसका साथै नयाँ योजना र त्यसको प्रभावकारी कार्यान्यवनमा लागिपर्ने बताउनु हुन्छ ।


सोजेश मान मालाकार
सचिवका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सचिव पदका प्रत्यासी सोजेश मान मालाकार विशेष पर्यटकीय क्षेत्र ठमेलका स्थानीय हुनुहुन्छ । एकसाथ युवा जोशजाँगर र परिपक्वता उहाँको विशेषता हो । खेलकुदका विभिन्न विधामा रुचि राख्ने उहाँले विभिन्न खेलहरुमा पदक समेत प्राप्त गर्नुभएको छ । बीबीएसटी क्लवको सचिव, ठमेल युनाइटेड ग्रुपको सचिव, भगवानबहाल टोल सु्धार समितीका संयोजक आदि जस्ता महत्वपूर्ण जिम्मेवारीमा रहेर उहाँले ठमेलको समग्र समस्या पहिचान मात्र गर्नुभएको छैन, समाधानमा उत्तिकै सक्रिय र प्रभावकारी पनि हुनुहुन्छ । पर्यटनमैत्री ठमेल, परिवारमैत्री ठमेल उहाँको खास योजना हो । उहाँ ठमेललाई डिजिटल ठमेलमा रुपान्तरणमा लागिपर्ने बताउनु हुन्छ ।


उज्जल थपलिया
कोषाध्यक्षका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट कोषांध्यक्ष पदका प्रत्यासी उज्जल थपलिया न्यु हिमालयन ह्यान्डिक्राफ्टका संचालक हुनुहुन्छ । राजधानीबाट नजिकै रहेको विशेष पर्यटकीय क्षेत्र ककनी गाउँपालिकाको चतुरालेमा जन्मिनुभएका उहाँले नेपाली हस्तकला प्रवद्र्धन र स्तरउन्नतिसम्बन्धी विभिन्न तालिमहरु प्राप्त गर्नुभएको छ । योग तथा सिङिङ्बल मेडिटेसन तालिम समेत लिनुभएका उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनहुन्छ । स्नातक तहको अध्ययन पुरा गर्नुभएका उहाँ विभिन्न सामाजिक सम्मानले सम्मानित समेत हुनुहुन्छ । नेपाली शिल्पकला तथा काठकला क्षेत्रलाई विश्वबजारमा चिनाउन विशेष योजना बनाएर आवश्यक पहल गर्ने उहाँको सोच छ । कोषाध्यक्षमा निर्वाचित भई आर्थिक पारदर्शिता कायम गरी सबै आर्थिक कृयाकलापलाई चुस्त दुरुस्त बनाउन कुनै कसर बाँकी नराख्न उहाँ प्रतिवद्ध हुनुहुन्छ ।


चेतनाथ पुडासैनी
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी अम चेतनाथ पुडासैनी मानवशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । ठमेललाई मानवशास्त्रीय कोणबाट समेत व्याख्या गर्नेसक्ने पुडासैनी भगवतीबहालस्थित स्काइलाइन होटलका संचालक हुनुहुन्छ । ऐतिहासिक तथा पर्यटकीय दृष्टिले निकै महत्वपुर्ण मानिने गोरखा जिल्लामा जन्मिनुभएका उहाँ कुराभन्दा काममा र प्रचारभन्दा परिणाममा जोड गरौं भन्ने मान्यता राख्नु हुन्छ ।


कोपिला सिम्खडा (तिवारी)
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी कोपिला सिम्खडा (तिवारी) जेपी रोडस्थित कोपिला क्राफ्टकी संचालक हुनुहुन्छ । धादिङको गुम्दीमा जन्मिनुभएकी उहाँ हरित सेवा केन्द्रकी कोषाध्यक्ष हुनुहन्छ । त्यसैगरी ज्याउल बहुउद्धेश्यीय सहकारी संस्थाकी उपाध्यक्ष तथा ऋण संयोजक उहाँ शुभकामना टोल विकास समितीकी पनि सदस्य हुनुहन्छ । सक्रिय महिला उद्यमी कोपिला लायन्स, हस्तकला महासंघ र सामुदायिक सेवा केन्द्रसँग पनि आवद्ध हुनुहुन्छ । टीटीडीसीमा गएर घरधनी र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गरी आमव्यवसायीको हकहितमा काम गर्ने उहाँको योजना छ ।

१०
रोशन अधिकारी
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी रोशन अधिकारी एवन् कम्प्लेक्समा रहेको फन्नी नेपाल टुर्स् एन्ड ट्राभल्स्का संचालक हुनहुन्छ । गोरखाको गन्डकी गाउँपालिकामा जन्मिनुभएका उहाँ विजेनश स्टडीमा स्नातक गर्नुभएको छ । टिकेटिङमा विशेष र अनेक तालिम प्राप्त उहाँ ठमेलको अव्यवस्थालाई अन्त्य गरी घरधनी र व्यवसायीको सम्बन्ध सुधारका लागि लागिपर्ने बताउनु हुन्छ । पर्यटनको विश्वमानचित्रमा ठमेलले स्थापित गराउन सामुहिक अभियान संचालन गर्ने उहाँको योजना छ ।

११
लाल बाबु चौधरी
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी लाल बाबु चौधरी क्षेत्रपाटीस्थित मिथिला वमन ह्यान्डीक्राफ्टका संचालक हुनुहुन्छ । महोत्तरी जिल्लामा जन्मिनुभएका उहाँ ठमेल क्षेत्रमा पाका व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । ठमेल क्षेत्रको व्यवसाय विकासलाई प्रभावकारी बनाउन र सामाजिक क्षेत्रमा आवद्ध भई सेवा गर्ने इच्छा भएकोले टीटीडीसीमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

१२
पूर्णिमा मालाकार
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी पूर्णिमा मालाकार स्थानीय घरधनी हुनुहुन्छ । विजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर उहाँ स्वच्छ, सफा, सभ्य र दर्शनीय ठमेल बनाउन समस्या होइन, समाधानको हिस्सा बन्दै अगाडि बढ्न चाहनुहुन्छ । उहाँको छोटोमीठो र प्रभावकारी मन्त्र छ, म होइन, हामी र हामी राम्रो ठमेलका लागि । प्रब्लम सुटर झैँ लाग्ने उहाँको एक एक बोेली र व्यवहार राम्रो ठमेल, हाम्रो ठमेल निर्माणका लागि प्रभावकारी हुनेमा कुनै शंका छैन ।

१३
अमृत थोकर
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी अमृत थोकर दक्षिण एशियाली योग खेलकुदको स्वर्ण पदक विजेता हुनुहुन्छ । नेपाल स्पा संघका सचिव तथा मसाज संघ नेपालका सहसचिव भएर उहाँले आफ्नो सांगठनिक कार्यकुशलता प्रदर्शन गरिसक्नुभएको छ । रामेछापमा जन्मिनुभएका उहाँ नेक्टर स्पाका संचालक हुनुहुन्छ । योग तथा प्राकृतिक चिक्कित्सामा विशेष जानकार उहाँ अध्यात्म पर्यटनका लागि विशेष पहल गर्ने बताउनु हुन्छ । ठमेललाई पारिवारिक, व्यवस्थित र व्यवसायिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न यो आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनु हुन्छ ।

१४
पुर्ण प्रसाद चौलागाई
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी पुर्णप्रसाद चौलागाई कान्जीरोवा सोलसुनका अध्यक्ष हुनुहुन्छ । पश्चिम नेपालको जुम्लामा जन्मनुभएका उहाँले एमए तथा एलएलबी गर्नुभएको छ । उहाँ शैक्षिक तथा कानुनी योग्यता व्यवस्थित तथा विकसित ठमेलका लागि लाभकारी हुनेमा कुनै शंका छैन । सरकारले प्रदान गर्ने गोरखा दक्षिणबाट सम्मानित उहाँसँग ठमेललाई सफा, व्यवस्थित र सुरक्षित ठमेलको रुपमा विकास गरी विश्वको कुनाकुनामा ठमेललाई परिचित गराई धेरैभन्दा धेरै पर्यटकलाई ठमेल भित्राउने योजना छ । साउथ एसियन गेम (साग)–२०२१ मा सेफका रुपमा योगदान पुर्याउनुभएका उहाँ घरधनी र व्यवसायीबीचको सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन लागिपर्ने बताउनु हुन्छ ।

१५.
तेन्जिङ लामा
सदस्यका प्रत्यासी
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को निर्वाचन २०२२ का लागि भविश्वर शर्मा समूहबाट सदस्य पदका प्रत्यासी तेन्जिङ लामा जेपी रोडस्थित दोर्जे ट्रेकिङ स्टोरका संचालक हुनुहुन्छ । पूर्व ताप्लेजुङमा जन्मिनुभएका उहाँ ठमेल विकासको लागि सहयोगी भुमिका खेल्न टीटीडीसी निर्वाचन २०२२ मा उम्मेदवार भएको बताउनु हुन्छ । ठमेल सबैको हो र यसको लागि सबैको योगदान आवश्यक छ भन्दै सबैको आँखा पर्ने ठमेललाई सबैको आँखाको नानीजस्तै बनाउनुपर्नेमा उहाँको जोड छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button