
जसले पर्यटनको ‘क’ ठमेलबाट सुरु गरे र जसको जगमा गणेशमान सिंह छन्
तनुहँका शेखर थापा ठमेलमा भेटिए, जो कुनै बेला ठमेलको एउटा होटलमा हेल्पर थिए । हाल उनी अल्पाइन एशियन ट्रेक संचालन गर्छन् । त्यति मात्र होइन, कीर्तिपुरमा उनको ग्रीन इको रिसोर्ट पनि छ ।
पहिलो पटक ठमेलमा पाइला टेक्दा उनको मनलाई मात्र होइन, शरीरलाई पनि असजिलो लागेको थियो । ‘यो त विदेशीको ठाउँ हो, हाम्रो होइन भन्ने भावना आएको थियो मनमा’, उनले भने ।
पर्यटनको क ठमेलबाटै सुरु गरेका उनको ठमेल कनेक्सनमा गणेशमान सिंहको रोल छ । थप रोचक जानकारीका लागि तलको भिडियो क्लिक गरौं ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


