बनाउँछौं ‘राम्रो ठमेल, हाम्रो ठमेल’

‘राम्रो ठमेल, हाम्रो ठमेल’को नारासहित ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को नयाँ नेतृत्वका लागि अगाडि सरेका छन् भविश्वर शर्मा ।

ठमेल टुरिष्ट हवमात्र रहेन, यसले एक अनिवार्य डेस्टिनेसनको हैसियत पनि प्राप्त गरिसकेको छ । यो अन्तराष्ट्रिय स्तरको पर्यटन व्यवसायको क्षेत्र मात्र नभई, परापूर्वकालेदेखि जीवन्त स्थानीय संस्कृतिको सुन्दर स्थल पनि हो । ‘यस प्रकारको विशेष संगमस्थल ठमेलको बहुआयामिक विकास र प्रभावकारी व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेकोबारे हामी सचेत र संकल्पकृत छौं’, टीटीडीसीको नजिएको निर्वाचनमा अध्यक्षका प्रत्यासी शर्माले भने ।

ठमेलले विशेष व्यवसायिक बहुआयाम हासिल गरेसँगै अनेक समस्याहरु पनि बेहोर्न थालेकोबारे चिन्तित रहेको बताउँदै उनले भने, यहाँका समस्याहरुका समाधान र सम्भावनाहरुको खोजी गर्दै त्यसको कार्यान्वयनमा ठमेल र यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुसँग हातेमालो गर्दै हाम्रो समूह मन, वचन र कर्मले अगाडि बढ्न प्रतिबद्ध छौँ । यसका लागि हाम्रो समूहमा आत्मविश्वास र अनुभवले भरिपुर्ण साथीहरु समावेश हुनुहुन्छ । त्यसैबाट सम्भव छ, ‘राम्रो ठमेल, हाम्रो ठमेल’ ।’

बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button