पर्यटन र कृषि जोड्न गोरखाको गण्डकीमा ‘भिटोफ रोपाईं महोत्सव’

धान दिवसको अवसर पारेर गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले यस बर्ष गोरखाको गण्डकी गाउँपालिकास्थित ज्यामिरेघाटमा रोपाईं महोत्सव २०७९ आयोजना गरेको छ ।

नेपालको पर्यटन व्यवसायलाई आवश्यक पूर्वाधार विकाससहित गाउँउन्मुख गराउनु पर्दछ भन्ने अवधारणासाथ निरन्तर कृयाशील भिटोफले हरेक बर्ष हरेक १५ असारमा रोपाईं महोत्सव आयोजना गर्ने गरेको महोत्सव संयोजक दिपक पाण्डेले बताए ।

गाउँ नै गाउँले भरिएको नेपालको पर्यटकीय विकासका लागि यसबाहेक अरु थुप्रै कार्यक्रम गर्ने गरिएको संस्थाका अध्यक्ष गोपाल थापाले बताए । कोषाध्यक्ष शकुन्तला देवकोटाले भनिन्, ‘कृषि र पर्यटनलाई बलियो गरी जोड्न यो महोत्सवमा सबैलाई निम्ता छ है !’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button