चन्द्रागिरी काठमाडौंको सबभन्दा बडेमान नगरपालिका

चन्द्रागिरी नगरपालिका (चनपा) काठमाडौं जिल्लाभित्रको सबभन्दा ठुलो नगरपालिका हो ।

२०७१ मसिंर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो ।

राज्य पुनसंरचना आयोगको पुनसंरचनापछि नेपाल सरकार, मन्त्रीपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुनसंरचनासम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भइ चन्द्रागिरी नगरपालिकामा जम्मा १५ वडा कायम भएको हो । (स्रोतः चनपा)

Ad

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button