जन्मपत्रिकामा मंगलदोष छ भने दोष निवारणका लागि आज व्रत बस्नुस्

ब्राम्ह्णपुत्रको लकडाउन डायरी–९०

श्री गणेशायः नमः

साउन महिनाको १२ गते, मंगलवार, २०७८ साल । श्रावणकृष्णपक्ष चौंथी तिथि परेकोले आजको दिनलाई मंगलचौथी भनिन्छ । आजको दिन भगवान गणेशको आराधना र पूजा गरी मंगलचौथी व्रत बस्ने गरिन्छ । यदि कसैको कुण्डलीको आधारमा मंगलवारको व्रत शुरु गर्नुपर्ने छ भने आजको दिनबाट शुरु गर्दा निकै राम्रो मानिन्छ ।

कर्मकाण्ड गर्दा सबैभन्दा पहिले गणेशको प्रार्थना र आह्वान गर्ने चलन रहेको छ । अनुष्ठान र पूजा–पाठ गर्दा शुरु र अन्तिमका गणेशको स्मरण गर्दा नैं कार्य सिद्धि हुन्छ भन्ने शात्रीय नियम छ । उनैं गणेशको विशेष दिन हो आज ।

साउन महिनाको मंगलवारका दिन मंगलागौरी व्रत गर्ने चलन पनि छ । माता पार्वती मंगला गौरीको स्वरुपमा प्रकट हुने भएकाले विवाह गर्न ढिलो भएको र विवाह गरेर पनि सन्तान जन्ममा बाधा भएको छ भने मंगलागौरीको व्रत र पूजा गर्दा दुवै समस्याबाट छ्टकारा पाउने शास्त्रीय विश्वास छ ।

यदि कुनै व्यक्तिको जन्मपत्रिकामा मंगलदोष छ भने पनि आजको दिन अर्थात साउन महिनाको मंगलवारको व्रत र पूजाले दोष निवारण गर्न सकिन्छ । आजको व्रतमा विहान र बेलुका सूर्यास्तपछि पूजा आराधना गरेपछि अन्न ग्रहण गर्न सकिन्छ । व्रतको बीचमा फलाहार गर्न पनि सकिन्छ ।

साँझको समयमा मंगलागौरीको कथा सुन्न र पढ्न पनि सकिन्छ ।

कथा सामाजिक र जीवननोपयोगी रहेको छ । कथाको सार यही भन्छ, माता पार्वतीको आराधना गर्दा परिवारमा सुख, शान्ति र समृद्धि आउने छ । यो व्रत पाँच बर्षसम्म निरन्तर मंगलवारको दिन गर्नु पर्छ । विशेषगरी अविवाहित र विवाहित महिला वा पुरुष दुवैले यो व्रत लिन सकिन्छ ।

अब विस्तारै दिनहरु कम हुँदैछन् । विहान सूर्येदय ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त ६ बजेर ५६ मिनेटमा हुनेछ । चन्द्रमा कुम्भ राशिमा रहेको छ । मध्यान्ह ११ः४४ पछि १२ः३८ सम्म अभिजित मुहूर्त रहेको छ । दिउसो ३ः३४ देखि ५ः१६ सम्म राहुकाल छ । राहु भनेको अशुभ समय मानिन्छ । यो समयमा कुनै पनि प्रकारका शुभकार्यहरु शुरु नगर्न शास्त्रले भनेको छ ।

आजका देवता हुन् वृहस्पति हुने ग्रहदेव सूर्य । साउन महिना त्यसै पनि शुभ महिनाको शुभ मंगलवार आज गणेश मन्दिरहरुमा भक्तहरुको भीड हुने गर्दछ । महामारीको बीचमा घरको गणेश मन्दिरमा गणेशको बन्दना गर्नु राम्रो हुनेछ ।

आज बाहन खरिद गर्न सकिन्छ । पुराना बाहनहरुको सरसफाई गर्दा राम्रो हुन्छ । यदि औषधि सेवन र उपचार गर्नुपर्ने छ भने आजको दिन शुरु गर्दा छिटो निको हुने संभावना रहन्छ । व्यापारिक प्रयोजनका कामहरु पनि शुरु गर्दा आजको दिन शुभ रहेको छ । कुनैं नयाँ करार, सम्झौता र दीर्धकालिन कामको शुरुवात आजको दिन गर्दा निकै राम्रो समय छ । तर, राहुकाल अगाडि नै सम्झौता गर्नु राम्रो हुनेछ ।

आजको दिन कसैबाट लिएको कर्जा चुक्ता गर्ने हो भने ऋणको भारबाट छुटकारा पाउन सकिन्छ । मंगलवारको दिन ऋण लिनु हुँदैन । कसैसँग सापटी लिनु छ भने अन्य कुनै बार र दिनको छनोट गर्नुहोला । आजको दिन पैतृक सम्पत्तिको दाजुभाइबीच छुट्टाउँदा परिवारमा शान्ति र समझदारी हुन्छ ।

रक्तदान गर्ने हो भने मंगलवार र आजको दिन निकै शुभ मानिन्छ ।

पुरानो कोट लगाउँ नयाँ पुस्तक किन भनेजस्तै आजको दिन नयाँ पुस्तक खरिद गर्दा राम्रो र नयाँ वस्त्र खरिद गर्दा अशुभ मानिन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button