सूर्योदय ५ः२१ भयो र सूर्यास्त ६ः५९ मा हुनेछ

ब्राम्ह्णपुत्रको लकडाउन डायरी–८५

आज शुक्रबार ८ साउन २०७८ । सूर्योदय ५ः२१ भयो र सूर्यास्त ६ः५९ मा हुनेछ । मध्यान्ह शुभसमय छ । पूर्णिमा तिथि शुरु भएको छ । चन्द्रमा धनु राशिमा छ ।

शुक्रबारको दिन प्रेम, स्नेह र मनोरञ्जनको लागि छुट्टायाउँदा बेश हुन्छ । नजिकको कुनै स्थानमा घुमफिर वा सामूहिक भोजन गर्न सकिन्छ । शुक्रबार पश्चिम दिशाबाहेक अन्य तीन दिशामा यात्रा गर्न सकिन्छ । नयाँ कपडा खरिद र आभूषणका सामान आदान–प्रदान गर्न सकिन्छ । महिलाहरुले सौन्दर्यका सामान खरिद गर्दा शुभ मानिन्छ ।

आज असार शुृक्लपक्षको चतुर्दशी तिथि भएकाले गृहस्थ जीवनमा कलह हुने काम गर्नुहुँदैन । ज्योतिषशास्त्र र पात्रोमा आजको दिन मांगलिक कार्यका लागि शुभ दिन होइन भनेर कुनै साइत दिने गरिदैन । भोलि असारशुक्लपक्षको अन्तिम दिन हो । आइतबारबाट श्रावणकृष्णपक्ष शुरु हुन्छ, अर्थात आइतबारबाट साउन महिनाको तिथि शुरु हुन्छ ।

आजका देवता दिति, ग्रहदेव गुरु । आजको दिन स्थिर कार्य राम्रो हुनेछ भने चलायमान कार्य गर्दा सफल नहुन सक्छ ।

नक्षत्रको हिसाबले ऋण तिर्नुभयो भने राम्रो समय छ । देवी शक्तिको आराधना गर्दा मनोबान्ञ्चित फल प्राप्त हुनसक्छ ।

खेलकुद र साहसिक कामको शुरुवात गर्दा सफल हुनसकिन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button