कापी, कलम किनेर छोराछोरीलाई दिँदा राम्रो

ब्राह्मणपुत्रको लकडाउन डायरी–८४

आज बिहिबार ७ साउन २०७८ । असार शुक्ल पक्ष त्रयोदशी, मध्यान्नपछि चतुर्दशी शुरु हुन्छ । चन्द्रमा धनु राशिमा रहेको छ । आजको ग्रहदेव राहु नैं रहेको छ । देवता भने पितृ रहेको छ ।

बिहिबार, दुईवटा तिथि समावेश भएको दिन आहारविहारमा अलि ध्यान दिनु पर्ला । बिहिबारको दिन अध्ययनको लागि शुभ दिन हो । यदि कुनै शिक्षण संस्थाका अध्ययन अध्यापनको लागि शुरु गर्नु छ, छोरा छोरीको शुल्क बुझाउनु छ भने पनि बिहिबारको दिन दिँदा राम्रो मानिन्छ । छोराछोरीलाई नयाँ कापी, कलम किनेर दिँदा पनि राम्रो हुन्छ ।

आजको दिन कुनै सरकारी कार्यालयमा रोकिएको काम सफल हुनसक्छ । आजको दिन अलि उग्र छ । त्यसैले काली र भैरवको स्मरण गर्दा राम्रो हुन्छ । आजको दिन ऋण दिदा पनि लिदा पनि समय र कारण बुझेर लिने र दिने गर्नु ।

आज मुल नक्षत्र भएका दिन घर–भवन निर्माण र किनबेचका लागि शुभ समय छ । कुनै कामको शिलान्यास गर्न सकिन्छ । सामुदायिक र समाजहितका लागि गरिने कामको बैठक बसी नयाँ योजना तय गर्दा शुभ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button