
आज गुप्त नवरात्रको अन्तिम दिन
ब्राह्मणपुत्रको लकडाउन डायरी– ८०
आइतवार ३ असार २०७८ । आज गुप्त नवरात्रको अन्तिम दिन । आषाढशुक्ल नवमी । नवरात्र भनेको नौ दिन अर्थात प्रतिपदादेखि नवमीसम्म । नवरात्रको समयमा देवीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रको समयमा दश महाविद्याको पनि साधना गरिन्छ ।
काली, तारा, त्रिपुरासुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, त्रिपुराभैरवी, धूमावती, वंगलामुखी, मातगी र कमला यी दश महाविद्याका देवीहरु हुन् ।
देवी शक्ति अपार छ । सत्य, त्रेता, द्वापर युगका कथामा पनि देवीको महत्व बढी नैं छ । कलियुगमा के कुरा गर्नु ? देवीशक्तिको बयान गरेर कहिल्यै सकिदैन ।
गृहस्थ जीवनमा हरेक व्यक्तिका फरक–फरक कथा छन् । घरमा शान्ति र कलह दुवै देवी शक्तिका कारण भएका हुन्छन् । देवी भनेको महिलाको रुप हो । महिलाहरु सबैभन्दा अधिकारसम्पन्न र शक्तिशाली हुन्छन् । त्यसैले कलिय्ुगमा देवी साधना गर्नेहरु सुखी भएका हुन्छन् भन्ने मान्यता छ ।
सनातनीहरुको लागि आइतबारको दिन निकै राम्रो छ । यदि तपाईलाई शनिदशा र अन्य ग्रहहरुको प्रभावले जीवनमा निराशा छाएको छ भने आजको दिन घरमा, मठ मन्दिरमा गएर आराधना गर्दा मनोइच्छित फल प्राप्न हुन सक्छ । कर्म गर फलको आशा नगर भन्ने सनातनीय मान्यताका हामी अनुयायीहरुले कर्म गरिरहने हो । फल अवश्य आउँछ ।
तर, कर्म केही नगर्ने र भगवान छैन भन्दै हिँड्नेले जीवन दुःखमय भयो भनेर कराउनुको कुनै तुक छैन । हरेक दिन, हरेक समय हरेक कालखण्डको महत्व छ । तर ठीक समयमा ठीक–ठीक तोकिएको काम गर्दा नैं लक्ष्यभेदीमा पुग्न सकिन्छ ।
आज बिहान ५ बजेर १२ मिनेटदेखि ७ बजेसम्म राहुकाल भएकाले विहानी सत्रको यात्रा गर्दा होस पु¥याउनु राम्रो हुन्छ । चन्द्रमा तुला राशिमा रहेको छ । पूजा, पाठ, यज्ञ, रुद्री, चण्डी पाठका लागि निकैं राम्रो दिन रहेको छ । दिनभर समय शुभ छ । मध्यान्ह शुभ मुहूर्त छ ।
अध्ययन, अध्यापन, अनुसन्धानको काम शुरु गर्दा हप्ता नैं सुन्दर हुन्छ । काम छिटो सकिन्छ । सरकारी कामको लागि पनि आइतवार निकैं राम्रो हो । आइतवार सरकारी काम शुरु गर्दा समस्या कम हुनसक्छ ।
शुक्लपक्षको नवमी तिथि रिक्ता तिथिमा पर्दछ । गृहस्थसँग सम्बन्धित कुनै पनि काम यो दिन गर्दा शुभ हुन्छ । यो दिनका देवता हुन् सावित्री र ग्रह देव हुन् शुक्र । आइतवारका दिन यात्रा नगर्नु नैं बेश होला । आर्थिक कारोबारका लागि आइतवार शुभबार हो ।
ब्यापारमा आर्यात–निर्यातको कामको शुरुवात जहिले पनि आइतवार र स्वाती नक्षत्रका दिन गरियो भने समस्या हुँदैन । त्यसैले आजको दिन दुवै ब्यापारको लागि शुभ दिन रहेको छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



