शुभदिन ! मंगलबार २९ असार २०७८

ब्राह्मणपुत्रको लकडाउन डायरी-७५
भरत शर्मा

आज भानुजयन्ती । आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा अनलाइनमार्फत भानुजयन्ती विशेष कार्यक्रमहरु आयोजना गरिदै छ । नेपाली भाषा र साहित्यको श्रीबृद्विका लागि भानुभक्तले दिएको योगदान जति शब्दमा लेखे पनि अगुप हुन्छ । आज पनि हरेक ब्यक्तिलाई भानुभक्तद्वारा लिखित रामायणका श्लोक सुन्दा, पढ्दा प्राप्त हुने उर्जाले मन चङ्गा हुने गर्दछ । छन्द, लयमा रहेको रामायणका श्लोक कण्ठस्थ गर्ने हाम्रा पुर्खा, हामीहरु र पछिल्ला पुस्ताका लागि पनि प्रिय ग्रन्थ रामायणका सर्जक आदिकवि भानुभक्तलाई हद्यदेखि आभार ।

गतेको हिसाबले आज असार २९ । तर, तिथिका अनुसार असार शुक्लपक्ष तृतीया, मंगलवार मघा नक्षत्र र चन्द्रमा सिंह राशिमा रहेको छ । सूर्योदय विहान ५ बजेर १५ मिनेटमा भयो । सूर्यास्त साँझ ७ बजे हुनेछ । दिन निकै लामो छ । बिहान छिटो सूर्योदय हुने र साँझ ढिलो सूर्यास्त हुने समय नै हो यो । बर्षा ऋतुको बेला पनि हिजोआज बिहानदेखि सूर्यको चर्को ताप झुल्कने गरेको छ ।

विगतदेखि भन्दै आएको हो, समय ‘दुर्दिन’ अवस्थामा छ । कहिले भीषण बर्षा, कहिले उग्र ताप, कतैं पहिरो त कतै बाढी महामारी र संवसर नैं राक्षश भएकाले आफ्नो चरित्र अनुसारको प्रकृतिले रंग बदलिरहेको छ ।

यतिबेला त विश्व र नेपाल पनि कोरोना महामारीको चपेटामा छ । प्रशासनले लकडाउन जारी गरेको छ । विहीबारसम्म काठमाडौं उपत्यकामा सरकारी लकडाउन जारी छ । तर सडकमा हेर्दा देश सामान्य भइसक्यो, देशबाट महामारी हटेको जस्तो आभास हुन थालेको छ । फेरि पनि भन्नैपर्छ, संकटका दिनहरु हिजो जस्तै अझै टरेको छैन । सर्तक र सजकताको आवश्यकता छ ।

देशको राजनीतिमा पनि बिहानको सूर्योदयको ताप जस्तै चर्कने हो कि भन्ने संकेत देखिएको छ । समयको दोष हो, देश चलाउँछु भन्नेहरुको सोचमा पनि ‘दुरबुद्वि’को परिणाम सोझा–साझा जनताले दुःख पाइरहेका छन् ।

पञ्चाङ्गका अनुसार ३ तीन बजेर ३६ मिनेटदेखि ५ बजेर २० मिनेटसम्म राहुकाल रहेको छ । सायद यो राहुकालमा नेपालका राजनीतिक फेरबदल हुने र देशले नयाँ प्रधानमन्त्री पाउने संभावना छ । यसो भन्न सकिन्छ, देशलाई पनि राहु ग्रहले सताइरहेको छ । आगामी दिनमा पनि राहुको कारण समस्याहरु आइरहने छन् । सनातनशास्त्रले यही भन्छ, राहुको समय अशुभ हो । यो समयमा कुनै पनि प्रकारको शुभकार्य गर्न हुँदैन ।

बिहान ११ः४२ देखि १२ः३७ को समय अभिजित मुहूर्त पनि रहेको छ । यो समयमा गरेका काम चाहिँ सफल हुने देखिन्छ । हामीले समयको संकेत गरिदिने हो, बाँकी जो मर्जी ।

चन्द्रमाको प्रभाव हेर्दा पनि सिंह राशिमा बसेको छ ।

मंगलवार जमिन र घर किनबेचका लागि शुभबार मानिन्छ । निमार्णकार्यका कामहरुको शुरुवात पनि गर्न सकिन्छ । रक्तदान र केही मानवीय सहायताको लागि मंगलवार राम्रो बार हो ।

कोही कसैंबाट ऋण लिएको भए । मंगलबार ऋणको पहिलो किस्ता दिदाँ ऋणबाट छिटो मुक्त हुनसकिने छ । मंगलबार दिन नयाँ ऋण लिने काम नगर्दा राम्रो हुन्छ । उत्तरतिरको यात्रालाई मंगलबार बर्जित छ ।

अध्ययन, अनुसन्धान, नयाँ पुस्तक अध्ययन र लेखनको लागि मंगलवार गरेको काम छिटो सकिन्छ ।

मंगलबारका देवता गणेश हुन् । मंगलबार गणेश र हनुमानको आराधना गर्दा मनमा सोचेको कुरा छिटो पुरा हुने सनातनीय मान्यता छ । मंगलबारको ग्रहदेव पनि मंगल हुन् ।

मंगलबार र मघा नक्षत्र परेको दिन आफूले सम्मान गर्ने मान्यजनसँग भेटघाट गर्दा शुभफल प्राप्त हुन्छ । त्यसैले आज आफूले निकै सम्मान गर्ने ब्यक्तिलाई भौतिक भेट हुन सक्दैन भने पनि सामाजिक सञ्जालबाट वार्तालाभ गर्नु भयो भने तपाई र तपाईले सम्मान गर्ने व्यक्तिबीचको सम्बन्धमा प्रगाढता छाउने छ ।

शुभदिन !

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button