दुःख नमानौं

ब्राह्मणपुत्रको लकडाउन डायरी–५८

भरत शर्मा
कभरमोडलः लीला अनमोल

आज सडकमा जति मानिस भेटेँ, सबैले दुःखका कुरा मात्र गरे । कार्यालयमा दिनभर बस्दा जति पनि मित्रमण्डलीहरुसँग वार्ता भयो, सबै समस्याको कथा मात्र सुनाए ।

दिनभर मनमा यही कुरा चलेको थियो, आज सुखको कुरा लेख्छु । सुखको बारेमा लामो कथा लेख्नु भन्दा छोटो र मिठो के होला भनेर सोच्दै गएको कवित पो लेखेछु ।

सुखको कविता

शोक मनाएर के गर्नु
अहिले हामीलाई सुख चाहिएको छ
हामीलाई चाहिएको शान्ति हो ।

महामारीले मनलाई यति जलाएको छ
जलेको मनलाई सत्य र धर्म चाहिएको छ ।

हिजो पनि हामी दुःखी
आज पनि दुःखी
भविष्य उज्ज्वल छ
हामीले खोजेको सुख आउँदै छ ।

प्रकृतिको सुन्दरतामा खुसी हुनुपर्छ
पहाड, नदीनाला र हिमाल हेरेर खुसी हुनुपर्छ ।

गाउँका मानिसले शहर रोजे
शहरमा बस्नेले विदेश सोचे
जहाँ पुगे पनि
जहाँ दौडिए पनि
हाम्रो लागि सुख भनेको
हाम्रो माटो र हिमाल हो ।

दुःख नमानौं ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button