आइ एम विथ मेलम्ची

जय भण्डारी

सिन्धु र त्यो मेलम्ची शहर
प्रकृतिले नि लतारिलग्यो नि सपना
अनि बस्तीका रहर
भत्किगए टेक्ने अखेटा
काटिए कति उड्ने पखेटा
हरेक बर्ष घटे यस्तै यस्तै बिपत्तिका कथा ।

हरेक बर्ष बाढी, पैरोले सिन्धुपाल्चोकलाई रुवाउने गर्छ । यो पाली पनि त्यसरी नै त्यहाँका जनतालाई रुवाएको छ । उठिवास गराएको छ । यसले देशलाई नै ऐँठन भएको छ । नेपालीको छाती चर्किरहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा अवस्थित सुन्दर शहरका रुपमा विकसित हुँदै गरेको मेलम्ची बजार । यो पाली मेलम्ची तथा इन्द्रावती उग्र बने । विकास, निर्माण, खेतबारी, बस्ती बजार सबै बगरका रुपमा परिणत भएको छ । उजाड भएको छ । कोरोनाले जीवनहरु त्यसै थिलथिलिएका थिए । त्यसैमा बाढीले कयौंका जीवन र सपना चुँडिदियो ।

पिडित स्थानीय उद्धार, राहत र सहयोगको प्रतिक्षामा छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button