मनाङ दुख्दा लाङटाङलाई ऐय्या !

हिमालयको माया हिमालयलाई

लाङटाङको नेपालनाम्चा साथी फिन्जो लोप्चेनले नेपालनाम्चाको फेसबुक मेसेन्जरमा भ्वाइस मेसेज पठाएका रहेछन् भर्खरै । अडियो मेसेजको हुबहु उतारः

नमस्ते अशोकजी ! तपाईंले एउटा हट न्युज बनाइदिनु पर्यो । तपाईंको त्यो कतव्र्य पनि हो । पर्यटन क्षेत्र पनि हो मनाङको चामे, तलको धारापानी, थ्वाँचे । त्यो ठाउँ अहिले एकदम डुबानमा पर्या छ । यो कुरा न्युजमा खासै आएको छैन ।

त्यहाँ अहिले टेलिफोन र बत्ती दुवैको लाइन छैन । मान्छेहरु सबै कुनातिर, माथि ओडारतिर बसेका छन् रे । खाना पनि खाएको छैन रे । पानी पनि खाएको छैन रे । घरहरु सबै मस्र्याङ्दी खोलाले बगाइसकेको छ रे । त्यही भएर त्यहाँका मानिस सम्पर्कविहिन भएर बसेका छन् । अलिअघि बल्ल मेरो एकजना दिदीसँग कन्ट्याक्ट भएको थियो । एकदम रुवाबासी छ । त्यसकारणले त्यो एरियाको बारेमा एउटा न्युज हालिदिएर सम्बन्धित निकायको ध्यानाकर्षण गरिदिनुपर्यो ।

मिडियाले लेखेपछि बल्ल त्यहाँ उद्धारको केही काम हुन्छ कि ? विपत्तिमा सरकारले केही सहयोग गर्छ कि ?

भर्खरै फेरि लाङटाङका अर्का नेपालनाम्चा साथी तेम्बा लामाले मेसेन्जरमा यस्तो सन्देश पठाएछन्, ‘अशोकजी, बाढीले हाम्रो छिमेकी गाउँहरु हेलम्बु, मेलम्ची र मनाङको चामेलगायतका ठाउँमा ठूलो विपत आइपरेको छ । तपाईंले नेपालनाम्चामार्फत र आफुले चिनेको मिडियाका साथीहरुलाई भनेर सक्दो यहयोग गरिदिनुहोस् है ।’

फिन्जो
तेम्बा

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button