क्यारिकेचरमा खप्पीस् धोबी

चरी चर्चा-४
जय भण्डारी

तिमी हिँड्छौ रनवन बाग, बारी, खेत
घरआँगनमा मुस्कान छर्छौ गाइ मीठो गीत ।
सबको मनमा छाइदिने तिम्रो आफ्नै रीत
मोहित पार्ने धोबी चरी पाउँछौ सबको प्रीत ।

गाउँ होस् या शहर, बिहानीपख घर आँगनमा आई कोकिल स्वर निकालेर मानिसहरुलाई आनन्द दिलाउँछ रैथाने धोबी चरा । उसको आप्mनो सुमधुर मौलिक आवाज त छँदैछ, अरु चराका आवाजहरु पनि निकालेर मानिसलाई चकित तुल्याउँछ । यसको पेट सेतो हुन्छ र पखेटामा लामा सेता धर्का हुन्छन् । शरीरको अरु भाग भालेका कालो र पोथीको फुस्रो कालो हुन्छ ।

यसले भित्ता र रुखका प्वालहरुमा गुँड बनाउछ । २४ घण्टाको बीचमा ४ देखि ५ वटा फुल पार्छ भने ८ देखि १४ दिन भित्र बच्चा काड्छ । बच्चालाई धरैजसो पोथीले नै खाना खुवाउँछन् भने भालेचाहिँ अलि अल्छी ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button