देश घुमेर राहत बाँडिरहँदा आफ्नै दाजुभाइ भोकै भएको याद भएन हामीलाई ?

कलाकारलाई कलाकारकै प्रश्न

अंशु थापा

तपाईहरु देशभर राहत बाँड्न हिँडिरहदा तपाईंसँगै रातदिन तपाईंलाई तपाई बनाउन खटिएका प्राविधिक र कलाकारहरु यो अवस्थामा कसरी लडिरहेका छन् भन्ने जानकारी छ ? तपाईंको अनुहारलाई उज्यालो बनाउने ती हातहरु बागबजार, अनामनगर र अन्यत्रतिर छरिएर अध्याँरो कोठामा थुनिएर फेरि सिनेमाको उज्यालो लाइटमा गएर काम गर्ने आशमा आधा पेट खाएर बसेको डेढ बर्ष भइसक्यो ।

अहिले तपाईं हामी पूरा देश घुमेर राहत बाँडिरहेको बेला आफ्नै घरका दाजुभाइ दिदिबहिनी भोकै छन् भन्ने कुरा कसरी याद भएन हामीलाई ? तपाइ हामीलाई क्यामराको अगाडि राखेर हामीलाई हामी बनाउने ती अनुहार क्यामराको अगाडि आउन लजाउँछन् । त्यसैले उनीहरुको घरकोठामा छिर्दा क्यामरा र पत्रकार लिएर होइन, माया र विश्वास लिएर छिरौं ।

पहिला आफ्नो क्षेत्र बनाउँ है कलाकार साथीहरु । सबैले आफ्नो क्षेत्र दरो बनाउदै गयौं भने देश आफै बन्छ ।

ज-जसले आफ्नोलाई बचाउने कोशिश गरिरहेका छन्, सबैलाइ सलाम ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button