सेवा नै धर्म: मारवाडी युवा मञ्च

झापा । विर्तामोडमा कोभिड महामारीबाट पिडित बनेर हस्पिटलमा राखिएका बिरामीका आफन्त (कुरुवा)लाई लक्षित गरी मारवाडी युवा मञ्चले प्याकिङ खाना वितरण गर्दै आएको छ । पछिल्लो दश दिनदेखि अहिलेसम्म २८ सय जनालाई खाना वितरण गरेको संस्थाका संयोजक पवन शर्माले बताए ।

अघिल्लोे बर्ष पनि कोभिडका कारण जनजीवन ठप्प हुँदा मञ्चले खाद्यान्न र लत्ताकपडा वितरण गरिएको उनले अध्यक्ष पंकज मित्तलले सम्झिए । आपतविपतमा परेका आदिवासी वस्तीमा समेत पुगी सुरक्षित तवरले खाना बितरण गर्दै आएको महासचिव पुरुसोत्तम अग्रवालले बताए । विर्तामोड क्षेत्रमा विभिन्न समयमा आइपर्ने हरेक अफ्ठ्याराहरुलाइ मध्यनजर गर्दै मारवाडी युवाहरु लागि पर्ने सस्थाका पुर्व अध्यक्ष दिपक मित्तल बताउँछन् ।

सदस्यहरु युवा विशाल गोयल, किरन अग्रवाल, हेमन्त जिन्दल आदिको सकृय सहभागितामा यो सब भइरहेको संस्थाका सदस्य रिसव मित्तलले बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button