लाङटाङमा कोभिडमिल्दो लक्षण देखियो, वडा सदस्यले गरे तत्काल एक्सनको माग

अपिल

छिरिङ फिन्जो लोप्चन
सदस्य, गोसाईकुण्ड-४, लाङटाङ ।

मौसम परिवर्तनको समयले हो वा कोभिड-१९ दोस्रो महामारीले हो, रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं ४ स्थित लाङटाङ गाउँमा अहिले गाउँवासीमा ज्वरो आउने, टाउको दुख्ने, श्वाससप्रश्वास गर्न कठिन हुने लक्षण देखापरेकोले पुरै गाउँ आतंकित छ ।

लक्षण जाँच र उपचारका लागि आउनजान यहाँका जनतालाई हिँडेर २ दिन लाग्ने भएकोले सदरमुकाम आउन पनि कठिन छ । त्यसैले स्वाव संकलन र परिक्षण गर्न जिल्लास्थित कोभिड-१९ जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत गाउँपालिकाबाट यस वडालाई दिइने सुविधा परिक्षण र उपचारका लागि आषधीजन्य सामाग्री तत्काल उपलब्ध गराई सडक बाटोको सुविधा नभएको कारण अशक्त विरामीहरुलाई तुरुन्तै हेलिकप्टरमार्फत जिल्लास्थित जनस्वास्थ्य कार्यालय अस्पतालमा उपचार र स्वाव परिक्षण गराई जिल्लास्तरमा भएका स्वास्थ सेवा सुविधा दिनु हुन सम्वन्धित जिल्ला प्रशासन कार्यालय, स्थानिय निकाय तथा जनप्रतिनिधि र सुरक्षा निकायहरुमा ध्यानाकर्षण गराउन चाहन्छु ।

जनताको बाँच्न पाउने अधिकार र यो महामारी रोगको उपचारमा यस गाउँको भूगोलको कठिनाईलाई यथासिघ्र मध्यनजर गरी उपचार सेवा दिन हुन विशेष अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button