पर्यटन बोर्डद्धारा विपत् व्यवस्थापन तथा सञ्चार सेल गठन

निषेधाज्ञाका क्रममा मुलुकका विभिन्न भागमा रहेका पर्यटकको, उद्धार तथा समन्वयका लागि नेपाल पर्यटन बोर्डले विपत् व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ ।

सेलले पर्यटकको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौतानुरुप नेपाल आउने भारतीय यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

कोभिड –१९ महामारीको दोस्रो चरणको संक्रमण बढ्दै जाँदा सरकारले यही वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको थियो । गृह मन्त्रालयको समन्वयमा बोर्डले देशका विभिन्न भागबाट पर्यटकको उद्धार गरी काठमाडौँ ल्याएको छ ।

बोर्डले बुधबार विभिन्न मुलुकका ११ विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएको छ । उनीहरुमध्ये लाङटाङबाट पाँच पोल्याण्डबासी, पोखराबाट चार युक्रेनी र लुक्लाबाट दुई अमेरिकी हुन् । यस्तै संस्कृति मन्त्रालयको यही वैशाख २१ गतेको निर्णयानुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button