नवराजको तेस्रो महाकाव्य ‘अग्नि’ प्रेसमा

नवराज लम्सालले रेडियो नेपालको माइक्रोफोनसँग खेलेको २६ वर्ष १० महिना २९ दिन भएछ । ‘यो मेरो जीवन, जवानी र सपनाको मन्दिर हो, भने, ‘रेडियो मोहकै कारण जीवनका अरू अवसर र प्राप्तिमा ध्यान नदिई लगातार यहीँ छु ।’ ‘यस क्रममा आफुलाई धेरै पटक रुवाउनेहरूलाई पहिलो धन्यवाद दिएका छन्’, लम्सालले भने, ‘जसका कारण बलियो हुन सिकेँ ।’

‘भगवान् हुन् मेरा श्रोतहरू जसले धार्मिक कार्यक्रम, साहित्यिक कार्यक्रम, घटना र विचार, परिवेश, समाचार, सास्कृतिक–साङ्गीतिक कार्यक्रम र फरक फरक विधाका प्रत्यक्ष प्रसारणमा समान रूपमा स्वीकार गर्नुभयो’, उनले थपे, ‘सहकर्मीहरू जो मेरा अमूल्य सम्पत्ति हुन् । सबैसबैलाई धन्यवाद । आज रेडियो नेपालले दीर्घसेवा पदक दिएर सम्मान गरेको छ ।’ यो लामो यात्रापछिको उनको निष्कर्ष छ, ‘शब्द र आवाज नहुँदो हो त म हुने थिइनँ ।’

‘समस्त श्रोताहरूको माया र आशीर्वाद निरन्तर पाइरहूँ र शब्द र आवाजको पूजा गरिरहन सकूँ’, उनले कामना गरे । यही खुशियालीमा उनले आफ्नो नयाँ महाकाव्य ‘अग्नि’ प्रेसमा रहेको जानकारी पनि दिएका छन् । ‘कर्ण’ र ‘धरा’पछि यो उनको तेस्रो महाकाव्य ‘अग्नि’लाई बुक हिलले प्रकाशन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button