साँस्कृतिक पत्रकार समाजले पशुपति जलहरी मन्थन गर्ने

नेपाल साँस्कृतिक पत्रकार समाजले सम्पदामा देखिएका समस्यालाई निष्कर्षमा पुर्याउन सास्कृतिक मन्थन गर्ने भएको छ । पहिलो चरणमा समाजले पशुपतिनाथमा राख्ने भपनएको जलहरी विवादलाई निष्कर्षमा पुर्याउन सरोकारवाला समेटेर जलहरी मन्थन गर्ने भएको छ ।

त्यसलगत्तै कमलपोखरी समस्या र खुलामञ्चमा देखिएका समस्या निष्कर्षमा पुर्याउन पनि मन्थन आयोजना गरिने समाजका अध्यक्ष दामोदर न्यौपानेले जानजारी दिए । ‘यो सम्पदा संरक्षणको लागि दवाब सृजना गर्ने पहिलो चरणको अभियान हो’, न्यौपानेले भने, ‘यसपछि कसरी जाने भनेर छलफल गरिराखेका छौ । हाम्रो मिसन सम्पदा संरक्षण र संरक्षणमा लेख्ने पत्रकारको हकहितमा केन्द्रित हुने छ ।’

अहिले पशुपतिमा जलहरी विवाद भएकाले पहिलो दवावमुलक कार्यक्रम यो विषयमा गर्न लागेको समाजले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि कोषले १ यि ४१ किलो सुनको जलहरी राख्न लागेको हो । चाँदीको जलहरी फेरेर सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन विपरित हुने भन्दै संरक्षणकर्मीले विरोध गर्दै आएको पनि न्यौपानेले बताए् ।

त्यसैगरी कमलपोखरीमा पानी सुकाएर कंक्रिटको संरचना समेत राखेर मौलिकता मासिएको भन्दै स्थानीयवासी र संरक्षणकर्मी आन्दोलनमा रहेको बताउँदै त्यसको पनि समाधन खोज्न दुवै पक्ष राखेर छलफल गरिने निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

खुलामञ्चको अतिक्रमण हटाउने बिषयमा पनि समाजले मध्यस्थता गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button