प्रचण्ड ‘गुरु’ खम्बा सिंह रहेनन्

प्रचण्डका राजनीतिक गुरु तथा वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार कम्युनिस्ट नेता नेता खम्बासिंहको निधन भएको हो ।

‘कम्युनिस्ट पार्टी र आन्दोलनका खम्बा, निडर, निस्वार्थी, क्रान्तिकारी नेता हामी सबैका अभिभावक क. खम्बासिंह कुँवर काजी बा हामी बीच रहनुभएन । हार्दिक श्रद्धान्जली काका’, प्रचन्ड पुत्री एवम् भरतपुरकी मेयर रेणु दाहालले फेसबुकमा लेखेकी छिन् ।

१९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

२०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर थिए । प्रशिक्षार्थीमध्ये एक थिए प्रचण्ड । त्यही प्रशिक्षणबाट प्रभावित भएर २०३५ सालमा शिक्षण पेशा छोडेर प्रचन्ड दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button