
म मजदुर
स्मारीका पाण्डे
पेट पाल्ने आशामा दिन भर म खट्ने गर्छु
टन्टलापुर घाम होस् या पानी सधैं मरिमेट्ने गर्छु
प्रत्येक दिनको सङ्घर्ष हो, चहाना पुरा गर्न
दुख पाउँछु आफुले परिवारका मुहारमा खुशी छर्न
दुख पाउँछु आफुले परिवारका मुहारमा खुशी छर्न ।
मन त लाग्दैन यस्तो दुख खेप्न
तर सपनाहरुको भारी बोकेको छु
आशाका किरणहरु ममा निर्भर भई बसेका छन्
त्यसैले त हरेक मोडमा नलड्खडाई सदैव अघि बढेको छु
त्यसैले त हरेक मोडमा नलड्खडाई सदैव अघि बढेको छु ।
त्याग गरेको छु धेरै र कठिन यो जीवन बाँचेकै छु
कामको मर्यादामा बाँधेर आफुलाई राखेकै छु
सजिलो छैन यो जीवन, पसिना बगाई भोको प्यासो काम गर्न
ज्याननै फाली ज्यामी मजदुरी गर्दा पनि गार्हो छ एक छाक टार्न
ज्याननै फाली ज्यामी मजदुरी गर्दा पनि गार्हो छ एक छाक टार्न ।
हो, म मजदुर हो हजुर
जस्को जीवन सधैं दुख र संघर्षमा नै बित्छ
सानै भए पनि देशका लागि मद्धत गरेका छौं
त्यसैले गार्हो भए पनि यो जीवन मजदुरले बेठिक मान्दैनन्
मजदुरीको परिश्रम अघि आफन्तको मुस्कान र मायाले सधैं जित्छ
यही सुखको आभुतिका लागि
म र म जस्ता अन्य मजदुरहरु कहिल्यै परिस्थिति सामु हारदैनन्
यही सुखको नभुतिका लागि
म र म जस्ता अन्य मजदुरहरु कहिल्यै परिस्थिति सामु हारदैनन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
मिठो रचना !
यही सुखको आभुतिका लागि
म र म जस्ता अन्य मजदुरहरु कहिल्यै परिस्थिति सामु हारदैनन्
यही सुखको नभुतिका लागि
म र म जस्ता अन्य मजदुरहरु कहिल्यै परिस्थिति सामु हारदैनन् ।