दुनियाँ साह्रै देखावटी रहेछ हजुर, दुनियाँदारी साह्रै कपटी रहेछ हजुर

प्रतिभा तिमल्सिना

यो दुनियाँ साह्रै देखावटी रहेछ हजुर
यो दुनियाँदारी साह्रै कपटी रहेछ हजुर ।

मै ठुलो मै राम्रो मै असल सोच्छौं हामी
आफ्नो कमजोरी त सधैं अरुकै गल्ती हजुर ।

आफ्नो जस्तो लाग्दैन भने भन्दा हुन्छ त सिधै
सधैं किन दुनियाँसँग कुरा काट्दै हिन्छौ हजुर ।

संस्कार र आदर्श मैसँग मात्र छ भनी नसोच्नु
नभएको भए झुक्दैनथ्यो यो शिर तिम्रो अघी हजुर ।

आफ्नो आङको हात्ती सधै नै सानो देख्छौं
अनी अरुको आङको सधैं ठुलो भैंसी हजुर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button