तिज: पहिले कस्तो थियो, अहिले कस्तो भयो ? धिक्कार !

सीता ज्ञवाली गौतम
रुरु, गुल्मी

मनका पिर, व्यथा अनि जीवनका कथालाई बिद्रोह, सुधार अनि सन्देशका रुपमा आफ्ना माइती, साथी अनि समाजका माझमा गीत, सङ्गीत र नाचका रुपमा व्यक्त गर्दै मनाउने पर्व हो तिज । तिजका भाका लोकलयमा आधारित हुन्छन् । अन्य लोकलयभन्दा फरक लय हुने हुँदा कुन गीत तिजको गीत हो र कुन होइन भन्ने कुरा छुट्याउन खासै गाह्राे हुँदैन ।

गीतका विशेषताका हिसाबले हजुरआमाका गीतमा धर्म, व्रत, पूजा र समर्पणका कुरा, आमाहरूका गीतमा भोगाइ र यथार्थका कुरा र दिदीबहिनीका गीतमा विद्रोह र प्रेमका कुरा पाइने हुँदा गीतको रचना, गायन र नाचगानमा उमेरसमूहले पनि निकै प्रभाव पारेको हुन्छ ।

हो, समय परिवर्तनसँगै यसको स्वरुपमा परिवर्तन आएको छ । स्थान र समयको अभाव छ । तैपनि, यहाँ त तिजलाई बहाना बनाएर संस्कृति थाम्ने नाममा अहिले विकृति फैलिएको पाइन्छ । छाडा गीत र नाच अनि भड्किलो प्रस्तुतिले यस पर्वलाई बदनाम गर्ने प्रवृत्ति बढ्दो छ । एकतिर नियमनकारी निकाय नहुनु र अर्कातिर नेपाली संस्कृति मासिएको हेर्न चाहने तत्त्वले पनि यसलाई मलजल गरेको दखिन्छ । तसर्थ तिजलाई सकेसम्म तिजकै भाकामा गाएर वा गाउन आएन भने पनि तिजकै गीत बजाएर छमछम नाच्दै स्वच्छ मनोरञ्जनका साथ मनाउन पाए यो पर्वको सार्थकता रहने थियो कि !

संस्कृति हाम्रो पहिचान मात्रै होइन, जीवनपद्दति पनि हो बुझौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button