मेरा बा ! सत्रु लागे पनि तिमी तल बस्यौ तर …

बसन्ता पोख्रेल

मेरा चाहना अनि रहरको आधार हौं तिमी
जीत मेरो होला तर जीत पछिको संघर्स हौ तिमी मेरा बा
मेरा हजारौं सपना अनि ,जीवन संगको लड़ाई
हर हालसंग बचाउने पर्खाल हौ तिमी मेरा बा !

आफू संघर्षको आगोमा जलेर पनि
मलाई सधैं मायाको सिरानी मा सुतायौ मेरा बा
सत्रु लागे पनि तिमी तल बस्यौ तर
अघि बढ्न आफ्नो काध मलाई दियौ अनि उठायौं मेरा बा !

देखने हरु बुझ्ने हरु जसरी लिन्छन तिम्लाई मलाई कुनै मतलब छैन्
मेरो पूरा जिन्दगी को आधार तिमी हौं मेरा बा
हाँसो मजाक गर्ने साथी हौसला दिने मित्र अनि म छु भन्ने भगवान तिमी हौ
हरेक कुरा नबोल्दै पूरा गर्दिने अनि थकाइ मार्दिने ओखती हौ तिमी मेरा बा !

पसिना ले भिजेको टोपी छ ,भिजदैनन् कहिले तिम्रा आँखा
निसासिस्छन् तिम्रा सपना ,आजाद हुनेछन् तिम्रा उडान मेरा बा
सफल हुनेछन तिम्रा कदम ,खुसी हुनेछ बाको मन्
शब्द मा कमी हुने ,वास्तविकता मा माया गर्छु भन्न नसक्ने बा हुन् मेरा बा !

बाबाको मुहार मा खुसी लिप्त गराउनु छ
उनै रुहाउने सतुर सबै को अघि अझै अघि बढ्नु छ मेरा बा
मैले फेर्ने सास मा तिम्रो रगत दौडिरहेको छ म
मुख हेर्ने दिन भन्दा पनि तिम्रो अघि मुख देखाउन लायक सन्तान बन्नु छ मेरा बा !

व्यक्त गर्न नसकौला मेरा सबै भावना
एक अर्का लाई माया का शब्द हरु मेरा बा
म निसब्दित छु तर पनि केही भन्न चाहन्छु
त्यो मनमा शान्त ओठमा हाँसो भै नै रहोस्
हाम्रो सिरमा हजुरको आशीर्वाद सधैं रही रहोस् मेरा बा !

आज बुवाको मुख हेर्ने दिन ,सधैं हजुर को ती ओठमा मुस्कान देख्न पाउ । खुसी राख्न सकु ,यदि यो संसारमा कास हजुरको लामो आयु,दीर्घायु अनि सुस्वास्थ को कामना गर्दछु । हजुरको आशीर्वाद हमेशा हाम्रो सिर माथि रही रहोस् । तपाईंको मुख हेर्ने भन्दा तपाईंको अघि मुख देखाउन लायक सन्तान बन्न पाउ मेरा बा ! कूशे औंसीको शुभकामना मेरा बा !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button