बुवा तिमी वृत हौ मेरो जन्मको, तिमी चित्र हौ मेरो कर्मको

बुबा

सुनिता केसी
भक्तपुर

बुवा तिमी वृत हौ मेरो जन्मको
बुबा तिमी चित्र हौ मेरो कर्मको
बुबा तिमी विचित्र हौ मेरो मर्मको
बुबा तिमी पुरै मानचित्र हौ मेरो जीवन धर्मको ।

न देखाउँछौ दुख कुनै, न सुनाउँछौ पिडा मनको
बनेनौ गरिब कहिले मनले सिवाय तिमी धनको
परिवारकै सम्भारमा जुटिरह्यौ रहेर नजिक तनको
हिँडेर खाली खुट्टा आफू, बनेर छानो सन्तानको ।

वर्षमा एकदिन आउने पर्व त केही होइन मेरो लागि
तिमीले दिने हरेक साथ नै मेरो महान चाड बनिदिन्छ
अरुकै व्यबहार समाल्नुपर्ने छोरीले यो रित समाजको
चाहन्छ मनले बसेर समीप त्यो पाउ पुजिदिन्छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button