
हिङ बेच्ने जुम्लावासीसँग घतलाग्दो भेट
दुर्योधन बस्नेत
जुम्ला जिल्लाको सिंजा कांडागाउं निवासी मनजित बुढा झोले ब्यपार गर्नुहुन्छ अर्थात जुम्लामा उत्पादित औषधिय गुणयुक्त विभिन्न जडिबुटिहरु प्लास्टिकको झोलामा राखेर सडकमा हिंड्दै व्यापार गर्नुहुन्छ । उहांले बोकेको प्लाष्टिकको झोलामा हर्रो, बर्रो, जेठी मधु, सिलाजित, हिङ, टिमुर, बिरेनुन, यार्सागुम्बा, अश्वगन्धा, पांच औंले लगायतका जडिबुटिहरु रहेका छन । उहांको प्रचार शैली आफ्नै पाराको रहेको छ । सडकमा हिंड्दै गर्दा एकैसाथ थुप्रै रोगहरुको नाम लिनुहुन्छ र ती सबै रोगहरु आफ्नो झोलमा रहेका जडिबुटिहरुले ठिक पार्ने जानकारी दिनुहुन्छ ।
उहांले बोकेका जडिबुटिहरुले रोग ठिक होलान नहोलान आफ्नो ठाउंमा छ तर नेपालीहरुको जडिबुटिमाथिको स्थापित बिश्वासका कारण धेरै मानिसहरुले उहांको जडिबुटी किनिदिने गरेका छन । उहांका अनुसार नभएको दिनमा ७/८ सय र राम्रो भएको दिनमा ३५०० सम्मको व्यापार हुने गर्छ । यदी बिश्वास नभएको भए यति धेरै व्यापार पक्कै पनि हुने थिएन । सामानको मुल्य १० रुपैयांदेखि ५०० सम्म रहेको उहाँ बताउनुहुन्छ । जेठी मधु एउटा पिसको १० रुपैयां, सिलाजित एक पाकेटको १५० रुपैयां र यार्सागुम्बा एक पिसको ५०० रुपैयांमा बेच्ने गरेको बताउनुहुन्छ । सामान बिक्री होस नहोस निरन्तर रुपमा लागिरहनुहुन्छ उहाँ आफ्नो पेशामा । भन्नुहुन्छ किराना पसल, चिया पसलमा पनि त संधै एकनासको ब्यपार हुंदैन नी´। कति राम्रो सकारात्मक सोच । सडक, गल्ली, चोक, चिया पसल जहाँ मानिसको भिड लाग्छ,उहांको ब्यापारिक अखडा हुन्छ । उहाँ हरेक दिन, बिरामी हुंदा बाहेक उदाय चलदेखि अस्तायचलम्म लगातार हिंडिरहनुहुन्छ । लागिरहनुहुन्छ । यो लगाबले उहांको जिवनलाई कति सहज बनायो उहांलाई नै थाहा होला तर उहांको कामलाई निरन्तरता दिने र मेहनतमा बिश्वास गर्ने जुन अादत छ त्यो भने पक्कै पनि अनुशरणिय छ ।
उहांको सामान्य पहिरनले साधापनको संकेत गर्छ । मितब्यतिताको कुरा गर्ने हो भने एउटा सामान्य सस्तो मोलको झोलाको समेत जरुरी ठानिएको छैन । एउटा कोठामा ४ जना बस्ने गरेको जसले गर्दा भाडा थोरै तिरे पुग्ने बताउनुहुन्छ । ऐलेको अनाबश्यक तडकभडक `बाहिर भने झल्कने टाँक घ्याम्पामा छैन पिठाको फांक´ भनेझैं ऋण खोजेर पजेरो चढ्नुपर्ने कुसंस्कारमा लागेका मानिसहरुलाई सन्देश दिनुएको छ उहांले ।
मैले `म पनि जुम्ला पुगेको थिएं, अझै तपाईंको गाउंनजिक पुगको थिएं´ भनिरहंदा आश्चर्य मान्दै खुसी भैरहनु भएको थियो यस मानेमा कि जुम्ला बिकट भएका कारण सहरिया वा अन्यत्रका मानिस हत्पति जांदैनन भन्ने मानसिकताले घर गरिरहको थियो उहांमा । त्यो मानसिकतालाई क्रमभङ्ग गरिदिएको थिएं मैले ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)