
आमा ! तिमी नै छैनौ, कसलाई पो सताऊँ म ?
मुना पौडेल
जन्माएकै मान्छे बिनाको जन्मदिन खोई कसरी मनाऊँ म
ुतिम्रो आगमन असम्भव छ, यो मनलाई कसरी बताऊँ म
कुनै कुरा न त स्वीकार्नै सकिने न त बदल्नै सकिने रहेछ
तिमी नै छैनौ, अब खोई कसलाई पो सताऊँ म ।
तिमी हुँदाको जन्मदिन पो जन्मदिन, अब फेरि त्यो हर्ष ल्याउँदैनौं र
त्यही दिन वर्षौं आउँछ तर तिमी अब कहिले आउँदैनौ र ?
निष्ठुरी भनौ भने पनि कसरी भनौँ
म तिमीलाई आफै गको भए पो
अब त्यही हर्ष कसरी समेटौँ म
यो मन खुसी भको भए पो ।
खोई किन तिमी आउँछौ जस्तै लाग्छ मलाई त
फेरि त्यही रमाइला दिन फर्काऊँछौ
जस्तै लाग्छ मलाई त
जीवनमा पो छैनौ, कल्पनामा त तिमी नै भगवान् हौ
तिमीले छोडेरै गए पनि मेरा हरेक भावनामा सजाउ सजाउ लाग्छ मलाई त ।
यही दिन वर्षेनी आउँछ
एक्लै होइन तिम्रा यादहरु समेट्दै ल्याउँछ
अनि केही दिन यो मन भारी बनाउँछ
हो, यस्तै नै छ मेरो हरेक वर्ष आमा
फरक यति नै छ पहिले तिमी उपहार लिएर आउँथेउ अनि अहिले मात्र यादहरु
मेरो मनले खुसी पाओस् नपाओस् तर तिम्रो आत्माले शान्ति पाओस् आमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)