सिउँदो पुछियो आमाको, बाबा खोसियो हामीबाट

रिता खनाल

बाबा
सिउँदो पुछियो आमाको बाबा खोसियो हामीबाट
बाबा भन्ने बोली फुट्न नपाई बाबा शब्द खोसियो हामीबाट
आमाका हरेक सिंगार आमाका सारा खुसी त्यही चितामा जलेर गए
आमा बुवाको सहारासंगै एक पिताको माया खोसियो हामीबाट !

बाबा
शब्द कति प्यारो छ है
जति नै टाढा भएता पनि
यो मन पीडा हुँदा सर्वप्रथम हजुर सामु नै आफ्ना पीडा पोख्ने गर्छु
हजुरले थपथपाउनु भको झै सम्झी आफ्नै हातले आफूलाई थपथपाउने गर्छु !

बादल पारीको ति आकाशका जुनलाई हेरी टोलाउँछु
रातमा त जुनले हजुरको आभास गराइदिन्छ मलाई तर
दिनमा हजुरकै यादमा धेरै जसो टोलाउने गर्छु !

बाउको कमी छैन फेरि किन याद गर्छस् बाउलाई भन्ने अनेकौं प्रश्न आउँदा अरूबाट
म आफैले आफैलाई प्रश्न गर्छु
के मेरो हक छैन र बाबाको माया पाउने
के मेरो हक छैन र अरूले झै बाबा को हात समाउने
के मेरो हक छैन र बाबा भन्दा हजुर छोरी भन्दै उत्तर पाउने
के हक छैन र मेरो आफ्नो बाबालाई धित मरुन्जेल अंकमाल गर्न पाउने
अनि
जवाफमा एउटै उत्तर पाउँछु
त त्यति धेरै भाग्यमानी का छस् र बाबाको साथ पाउने !

के गल्ती थियो र मेरो
भकहर बालक नै त थिए
अबुझ थिए निर्दोष थिए
फेरि किन
दैव मबाट मेरो बाबा खोसियो
के गल्ती थियो र मेरो
जीवन भर मेरो जीवनबाट बाबा शब्द नै खोसियो !

बाबा फेरि फर्केर आउन मिल्दैन र?
मेरो जीवन को अधुरोपनालाई फेरि पूर्णता दिन मिल्दैन र?
छोरीलाई बाबा को माया दिन फेरि आउन मिल्दैन र?
आमाको सिउँदो रंगाउन फेरि आउन मिल्दैन र !

बाबा मिल्छ भने आइदिनुस न
रातो ले भरिदिनुस ममी लाई
हरियो ले हरियाली बनाए झै हाम्रो जीवन रंगीन बनाइदिनुस् न !

बुढा बाआमा तड्पेका छन् ती मुहार हेर्न
तड्पेका छन् छोरीहरू
हजुरको न्यानो स्पर्श पाउन
श्रीमती तड्पेका छन् फेरि हजुरकै नामको सिउँदो रंगाउन
तड्पेको छन् यी बोलीहरु एकपल्ट बाबा शब्द यी ओठबाट पुकार्न
तड्पेको छ घर फेरि उही बलियो घरको पिल्लर पाउन !

बाबा
मिल्छ भने फर्किदिनुस न
हाम्रो जीवन मा फेरि उज्यालो लाइदिनुस् न !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button