हारेर त हेर, आफ्नो मुटु आफै टुक्रा पारेर त हेर

गजल

युवराज घलेभाइ
गान्तोक, सिक्किम, भारत

तिम्रो जित निश्चित छ हारेर त हेर
आफ्नो मुटु आफै टुक्रा पारेर त हेर ।

टाढा हुनुको पीडा कति दुख्छ बुझ्न
मन भित्रको बास अन्तै सारेर त हेर ।

बिछोडमा भाग्यलाई दोष दिन्छौ किन
सक्छौ भने दैवको लीला टारेर त हेर ।

पीडाले आँखा हैन मन पोल्छ भन्छौ
दुई थोपा आँशु मात्रै झारेर त हेर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button