झोला बोकेका छन् उनले, झोलामा खोला बोकेका छन् उनलेे
गजल
लीलाराज दाहाल
वागमती, सर्लाही
स्वार्थको झोला बोकेका छन् उनले
झोलामा खोला बोकेका छन् उनलेे !
केटाकेटी भनी झुक्याउन होला
हेर कोकाकोला बोकेका छन् उनलेे !
तस्करी गर्छन् हिरा जवाहरातको
तोलाका तोला बोकेका छन् उनलेे !
सानालाई भेटे त ताकेरै हान्छन्
हातमा शोला बोकेका छन् उनलेे !
भित्र राक्षसीपन छ बाहिर भने
मान्छेको चोला बोकेका छन् उनलेे !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)