यस्तै छ हालत, बाँच्न गार्हो छ, भित्र खुशी भई, हाँस्न गार्हो छ

युवराज घलेभाइ
गान्तोक, सिक्किम

यस्तै छ हालत, बाँच्न गार्हो छ
भित्र खुशी भई, हाँस्न गार्हो छ।

विश्वास घात छ, प्रत्येक चालमा
ढुक्क खाले नाता, गाँस्न गार्हो छ।

आत्मीयता भेटिन्छ कुन मनमा
साथ आफ्नोपन, राख्न गार्हो छ।

दुई दिनको त छ जिन्दगी यो
उफ्री मजासँग, नाच्न गार्हो छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button