
तिम्रो जीवन तिमीलाई भन्दा तिम्रो परिवारलाई बढी प्यारो हुन्छ
रिता खनाल
जिन्दगी जिउनु र मर्नुको खेल हो
यो जीवन सायद सबैलाई नै अमूल्य हुन्छ
तर तिम्रो जीवन तिमीलाई भन्दा तिम्रो परिवारलाई सबैभन्दा बढी प्यारो हुन्छ ।
लाग्छ मलाई, सबैको जीवनमा केहि न केहि पीडा त हुन्छ नै
अनि खुसी पनि ।
दुखी हुनुको राजले तिमीलाई सबैभन्दा बढी पीडा दिन्छ
र, तिमी अरु सबै खुसीलाई नजरअंदाज गर्दिन्छौं
तिमी यो किन सोच्दैनौं
खुसी हुनुको र खुसी मिल्नु पछाडि पनि त केही कारण पक्कै हुन्छ
हैन र ?
तिमी आफ्ना बाबाआमाको आँखाको नानी हो
यो कदापि नभुल
उहाँहरु जिउनुको एक कारण नै तिमी हौ ।
हो, जीवनमा कयौं पीडाहरु आउँछन्
तर तिमी कदापि हार नमान्नु र गलत कदम कहिले नउठाउनु ।
सम्झ त एकपल्ट
तिम्रा बा आमाले तिमीलाई यहाँसम्म पुर्याउनकति दुःख कष्टको पार गर्नु भयो ?
तिमी त सजिलै २ दिने प्रेमीको लागि ज्यान दिन तयार हुन्छौ
अब तिमी भन्लाउ मलाई
प्रेमको कारण मात्र मान्छेले आत्महत्या गर्दैनन्
हो, तिमी सही छौ, यहाँ प्रेमबाहेक हजार कारण हुन्छ
हरेक समस्या हुनसक्छ
तर फेरि
समझ न तिम्रा लागि जिउँदो लास बन्नसम्म पछि नहटने तिम्रा बाआमा ।
बाआमाको संघर्स र मायाको तिमीले दिने उपहार यही हो र ?
होइन नि, हैन ?
अरु कसैको लागि वा कुनै पीडाको कारण
आफ्नो बाआमाको अस्तित्व नखोसिदेऊ
त्यो सुन्दर मुहारको ती मुस्कान नखोसिदेऊ
ती प्यारा नयनबाट आँशुको वर्षात गरी दिने दुष्कर्म नगरिदेऊ ।
तिमी तिम्रा बाआमाका सब थोक हौ
उनीहरु जिउनुको कारण तिमी हौ
उनीहरूको प्यारो मुस्कान पछाडिको राज तिम्रो खुसी हो ।
आफू र आफ्नो परिवारको खुसी हेर त एकपल्ट
तिमी आफै सम्झन एकपल्ट
मुस्कान बिनाका ती अनुहार फिक्का लाग्दैनन् होला र ?
सोच न एकपल्ट
तिमी बिना तिम्रा परिवार को के हुन्छ ?
आफू र आफ्नो परिवारको खुसी हेर
जीवनका यात्रामा धेरै सहयात्रीहरुसँग मिलन हुन्छ त कयौंसँग बिछोड
चाहे मान्छे होस्, खुसी हुन्छ त चाहे पीडा
साथ सदैव कहाँ रहन्छ र ?
सो, साथी डोन्ट् वरी ।
तिम्रो सफलताको लागि तिम्रा परिवार पर्खेर बसेका छन्
तिमी अरु केही कुराको कारण उहाँहरुको सपना बर्बाद नगरिदेऊ
सम्झ न एकपल्ट
तिमी तिम्रा बाआमाको परान हौ
न तिमी बिना उहाँहरुको केही अस्तिव छ, न तिम्रो उहाँहरु बिना ।
तिमी तिम्रो परिवारको एक जिम्मेवार व्यक्ति हौ
तिमी तिमी हौ
हार नमान ।
दुःख, पीडासँगै खुसीको पनि आगमन पक्कै हुन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)