उसले मुसुक्क मुस्कुराउँदै फर्केर भन्यो, ‘म आज पनि तिमीलाई पर्खिरहेछु’
अधुरा सपनाहरु
टंक सुवेदी
मैले हात हल्लाउँदै उतिर फर्केर सोधेँ
गुराँस लिएर तिमी कहिले आउछौ
उसले मुसुक्क मुस्कुराउँदै फर्केर भन्यो
म आज पनि तिमीलाई पर्खिरहेछु
चौरीगाइको घन्टीको आवाज सुनेर सल्लाघारीको सुसेलिसङगै आउनु
सुसेली हालेर मलाई देउरालिमा बोलाउनु
कोइलीको गीत सुसेल्दै रमाउदै आउनु
खोलाको छालसङ्सङै बगिरहदा
हावाको मधुर स्पर्श तिमिले दिनु
म मन मनै उडिरहदा स्मृतिको गोधुलिमा
मायालु पछ्यौरी हल्लाएर बाटो देखाउनु
तारासँगै जुन र जुनकीरी उडाउनु
गहुँका बाला लहलह झुल्दा गराहरुमा
कति धेरै हिउँ डाँडाहरुमा परिसकेछ
कति धेरै मनहरु सेतै फुलिसकेछन्
कति चराहरु साइबेरिया फर्किसके
तिम्रो प्रतीक्षामा चौतारीमा पर्खिरहे
समुद्र तिर फर्किएर हरियालीको आशामा
पानीको पर्खाइमा मरुभूमिले हेरिरहेको जस्तै तड्पीरहे कानहरु तिमिले बोलाएको सुन्न
समयका ती हातहरुले कल्पनामा लेखेका
मेरा ठानेका सपनाहरु हामी दुवैले देखेका
साझा सपनाहरु हामीसङै एक्लै हिडिरहे
छायाबाहेक अरु सपनाहरु अभावमा रहे टुक्राटुक्रा बाँडिएका छन्
आफ्नै सपना खोजिरहेको बैध अवैध टुक्रा सपनाहरु
अब फेरि किन सिंगो हुनसक्दैनन होला ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
उत्कृष्ट रचना ,फरक शैली ,मीठो आभाष
श्रीजनाकालागी साधुवाद मित्र!
I like this poem
Thank you Dear recepacted sir .