बोडी: साँघुरियो सहर अब पर्खालमा जाने, आफ्नोतिर फलेको छिमेकीले खाने

शान्ता भट्टराई

रेसादार तरकारी फल्छु लहरामा
उम्रिन सकेँ भने हिँड्छु पहरामा ।

लगाइदेऊ थाङ्ग्रो फल्छु लरबर
जाँगर चलाऊ करेसा पार्छु हराभरा ।

साँघुरियो सहर अब पर्खालमा जाने
आफ्नोतिर फलेको छिमेकीले खाने ।

छिमेकीलाई समेत खुशी राख्छु मैले
मलाई टिप्न झगडा नगरे है कैले ।

फट्याङ्ग्रे, घिउ, तने जात थरि थरि
दाना सुकाइ राखूँ कि, लाग्छ घरि घरि।

फाल्नु हुन्न रेसालाई साथै खानुपर्छ
कब्जियत हुनेलाई यस्ले फाइदा गर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button