वाउ ! कुर्सी अनि म

सुफल थपलिया

आज भोलि सपना अनि विपनामा
एउटै कूूरा सोचिरहन्छु
राजनितिमा युवा भन्दै
नेता बन्ने हुटहुटीमा
देशका त्यो शक्तिशाली कूर्सी अनि म ।

हजारौ कार्यकर्ता अघिपछि
थुप्रै क्यामरा दाँयावाँया
झूूठा आश्वासनसहितको चर्को भाषण
गड्गडाहड ताली
दिनैपिच्छेको राष्ट्रिय खवर अनि मेरो भाइरल फोटो ।

सरकारी हाकीमसाव र व्यवसायीहरुको
फोनकल, दर्शनभेट अनि उपहार
तिनिहरुको सरुवा वढुवा निर्देशन र स्वार्थलाभ
नातागोता, आसेपासेलाई रोजगारी र अवसर
वाउ ! मेरो त्यो सपनाको शक्तिशाली कुर्सी ।

अघिपछि लाभालस्कर गाडी
विचमा मेरो राजकिय सवारी
सरकारी सेवा, सुुविधासहित
विदेशमा भ««मण र उपचार
न वाऊ वाजेको सम्पत्ति न आफनै पसिना
साच्चै, चिठ्ठा परेझै मेरो सपनाको त्यो शक्तिशाली कुर्सी ।

सम्भव छ, त्यो चाडै सम्भव छ
विकास र सम्वृद्धि भन्दै जनतालार्ई भ्रममा राख्न जान्न पर्छ
वूढाहरुले देश विगारे भनेर चिच्याउँदै
भित्रभित्रै तिनै नेताहरुलाई रिजाउन जान्न पर्छ
रातारात गठवन्धन भत्काउने र वनाउने खेलमा, सामेल हुन जान्न पर्छ ।

नयाँ पार्टी खोलुँ कि पुुरानो
हतार छ मलाई जताबाट छिटो पुुगिन्छ उतै छिर्नुछ
फास्टट्रयाकबाट कूर्सी सुरक्षित गर्नुु छ
सिद्धान्त र विचार भन्ने त पछिका कूूरा हुन्
अहिलेलाई मात्र क्याविनेटको नेता चुनिनुु छ ।

कुर्सीमा त सम्मानै सम्मान हुन्छ
दोषी भएपनि, पछि निर्दोष सावित गरिन्छ
हत्यारा, भस्ट्राचारी, वेभिचारी, वेरोजारी र राष्ट्रघातीहरुको जमात हुुन्छ
यत्ति धेरै चलखेल हुन्छ त्यहाँ जोडघटाउको तानातान हुन्छ
जुनसुकै वेला मन्त्रि, प्रधानमन्त्री र राष्ट्रपतीको पनि अफर हुन्छ
त्यसैले त, वाउ ! कूूर्सी अनि म ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button