जिस्काउँछन् तिमी र म भेट्ने गरेका बाटो अनि ठाउँले, उराठ देखिन्छ त्यो मन्दिर

याद

बसन्ता पोख्रेल
धुर्कोट १, नयाँगाउँ, गुल्मी

मध्य रात
सुनसान सहर
अतीत अनि रमाइला पल
आज धेरै पछि खै किन हो
यो मस्तिष्कमा तिम्रा याद र तिमीसँग बिताएका पल
झल्झल्ती आखामा आई रहेका छन्
मेरो निद्रासँगै मिठो सपना लुटिरहेका छन् !

त्यहाँ तिमी मध्य रात
मस्त संग निदाइ रहेका हौला
वसन्त ऋतुको आगमन हुने समय सँगै
बोटले नयाँ पालुवा पलाउदै होलान्
समय सँगै तिम्रो मन्मा अरूको लागि
माया सँगै सपना सजाउँदै होलान् !

रात बित्छ दिन बित्छ
समय फेरिन्छ
मध्य रातमा देखिने सपना बिर्से जस्तै
तिमीले मलाई पनि सपना जस्तै पात्र ठानी बिर्सी सके हौला
आज मलाई फेरि तिम्रो यादले यही मध्य रातमा झस्काई रहेको छ
निद्रा लुटिरहेको छ

जिस्काउँछन् तिमी र म भेट्ने गरेका बाटो अनि ठाउँले
उराठ देखिन्छ त्यो मन्दिर र मन्दिर भित्रको देवता
भन्छ खै तेरो प्रेमी त सँगै हामी पनि निरास छौ भन्दै
म पनि अतीत अनि पल सम्झँदै आँसु बगाउँदै झुटो मुस्कान देखाउँदै
सम्झाउँछु म भगवान लाई तिमी र म पो निरास छौ उ खुसी छ भन्दै !

फेरियो यो रंगीन दुनिया
रंगीन छ झिलिमिली सहर
उराठ त म मेरो मन् र त्यही भेट्ने गरेका ठाउँ पो छौ
चिया को चुस्की मार्न आतुर हुने यी ओठ
आजकल खै किन फिक्का मान्छन् चिया पिउन
डराउँछन् कापछ्न आजकल तातो चियाको चुस्की मार्न अधर
साँच्ची चिया को नसा ठानेको मभित्र
तिम्रो प्रेमको नसा गढेछ
आजकल मलाई तिम्रो याद आउन थालेको छ !

अन्तिम पटक उपहारमा यसरी पीडा को झोक्का दिन्छौ
भन्ने थाह पाए को भए एक पटक भेटेर
अँगालो मार्दै सधैंको लागि मुस्कुराउँदै
बिदा गर्थे होला तर अन्जान जसरी टाढा भएको वर्षौं बितेछ
तिमीलाई यो सबै याद छैन् होला
मलाई आज मध्य रातमा ती यादले छट्पटाउन
बाध्य बनाई रहेछ तिम्रो याद !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button