लेख्दिन म तिमीलाई रगतले प्रेमपत्र
अच्युत ‘उत्सुक’ प्रधान
भन्दिन म तिमीलाई
आकाशको तारा टिपेर ल्याई दिन्छु !
भन्दिन म तिमीलाई
सागरको गहिराईमा गई मोती टिपेर दिन्छु !
भन्दिन म तिमीलाई
सात जुनिसम्म साथ दिन्छु !
केबल म भन्छु तिमीलाई
जिबनभर चोखो माया गर्छु .
लेख्दिन म तिमीलाई
रगतले प्रेमपत्र !
अनि कोर्दिन म शरिरमा
तिम्रो नामको टाटु !
लाईन्न माया कसैलाई देखाउन
सोधेर माया कसैलाई गरिन्न !
करले कसैको माया पाईन्न
माया त दुई मुटुले गरिन्छ !
यो त अन्तस्करणले लाईन्छ !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)