ए बा म बन्छु नि राष्ट्रपति

कविता

राजकुमार कार्की
मे न पा १५, झापा

कहिलेकाही त आफै बन्दिउँ कि जस्तो पो लाग्छ राष्ट्रपति
विज्ञान आउला कि भनेर निवेदन लेखेर बसेको भयो कत्ति।
सोच्दै बसेको छु महिला माग्लान् कि पुरुष माग्लान् राष्ट्रपति
काम पनि त हो संविधानका नटबल्टु खोल्ने नै हो चाडो अति ।

मेरो आफ्नै बस्ने निजि निवास छ राष्ट्रको ढुकुटी हुन्न खती
कार्यकाल सकेपछि मेरो बस्ने निवास छ चाहिन्न राज्यको रत्ती
रबर छाप बन्दिन विवेक प्रयोग गर्छु बन्दिन कठपुतली रत्ती
आलंकारिक राष्ट्रपति कस्तो हुनुपर्छ देखाइ दिन्छु शीघ्र अति ।

चाहे पतिलाई बनाउ चाहे पत्नीलाई बनाउ है अब राष्ट्रपति
खोल्दै लाउदै गरेर काम नलाग्ने नपारुन संविधानका धारा जति
जस्को आफ्नै बस्ने निजि घर छ उसलाई बनाउ बेलैमा होस् पुर्‍याउ अत्ति
करको दोहन राज्यलाई आर्थिक भार हुँदैन मलाई बनाउ राष्ट्रपति ।

ए बा अब त पनि बन्छु नि यो पटक गाउँको प्रतिनिधित्व गरि राष्ट्रपति
तिमीले राज्यलाई दान गर्यौ आफ्नो भए भरको सारा सम्पत्ति जति
तिमी महान छौ बा त्यसैले पालो मेरो छ है यो पटक हुने राष्ट्रपति
त्यसैले ए बा अब म बन्छु नि नेपाल आमाको सपूत छोरो राष्ट्रपति ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. सम्बिधानको नटबल्टु धेरै पटक खोल्दैन लाउदै गरेको कारण सिलिप हुने खतरा ,त्यसैले यस अघिकाले खोल्दैन लाउदै गरेको हुँदा सिलिङ भै सकेको छ, अब सम्बिधान बनाउने अर्को संविधान सभा नहुने भयो, त्यसैले अहिले ने कोशिष गर्नु होला कवि जी, जनताले तिरेको करको दुरुपयोग पनि हुँदैनथ्यो। त्यसैले गीतले पनि भनेको छ, “बा मलाई त्यही केटी चाहियो, बा मलाई त्यही केटी चाहियो” त्यसैको आधारमा बा लाई पुकार गर्नुभयो, बा ले सुन्ने हुन वा हैनन, आफ्नो मत पनि नभएको पर्नु भयो ,राष्ट्रपतिको उमेदवारको चाहाना राख्नु भएकोमा अग्रिम शुभकामना भन्न मि एन ,मुरीमुरी धन्यबाद छ। स्विकार गर्नुहोस।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button