म तिम्रो असल श्रीमती बन्ने छु

सुप्रिया खनाल

आउदैन शब्द कोर्न
तर तिमीलाई बताउन चाहन्छु
तिमीप्रतिको प्रेम
तिमीमाथि नै जताउन चाहन्छु ।

दिनमा घाम
चाहिएको बेला राति बन्ने छु
दुखमा रुने
सुखमा सँगै रमाउने साथी बन्ने छु
आमाको ठाउँ त लिन सक्दिन होला मैले
तर तिम्रा हरेक सम्बन्ध भन्दा माथि बन्नेछु ।

तिम्लाई आवश्यक परेको बेला
तिम्रो ढाल बनेर उभिनेछु
तिम्रा शत्रुहरूको लागि
अल्झिने जाल बनेर उभिनेछु
तिम्रा जितका लागि
हर हारसँग लड्नेछु
भन्नु पर्दैन तिमीले तिम्रो पीडाहरू
बस् त्यही अनुहार हेरेर पढ्नेछु ।

नसोध तिमी कसरी साथ दिन्छौं भनी
थाहा छैन कहाँ बन्नेछु के बन्नेछु बस्
आवश्यक परेको बेला
दुख लुकाएर जिउन सिकाउने बा बन्नेछु
गल्तीलाई सच्याउने क्षमा बन्नेछु
हर पीडा बुझ्ने तिम्रो आमा बन्नेछु
खल्लो चियामा मिठास ल्याउने
चिनी बन्नेछु
हर हारमा हौसला दिने बहिनी बन्नेछु
हो, गाली गर्छु गल्तीको बेला
चिच्याउँदै अब बस् कति भन्नेछु
तर तिमी झिँजो नमान्नु है
म तिम्रो असल श्रीमती बन्ने छु ।

थोरै घुर्की थोरै बचपना
अनि थोरै लजाउने छु
हाम्रो परिवारलाई मनमा
अनि तिमीलाई शिरमा सजाउने छु ।

केही भन्दिन अरु
बस् यो मनलाई त्यो मन सङ्ग प्यार छ
राखिदिए प्रस्ताव स्वीकार्छौं या नकार्छौं
जे भन्छौ यो मन त्यही मान्न तयार छ ।

सम्पूर्ण प्रेमील मनहरुमा प्रपोज डे को शुभकामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button