फेसबुक ! तिमीलाई जन्मदिनको शुभकामना

कविता

राजकुमार कार्की
मे न पा – १५, झापा

आज फेब्रुअरी चार
फेसबुकको जन्म भएको दिन रहेछ यार
सन् दुई हजारकै दिन फेब्रुवरीमा चार
फेसबुकको जन्मदाता मार्क जुबरबर्ग हुन् यार
जन्मदिनको असीम अगणितीय अभूगोलिय शुभकामना छ
छोटो समयमा तिमीले संसार जित्यौ
संसारलाई साँगुरो पार्यौ
संसारलाई एक ठाउँमा जोड्यौ
सूचना आदानप्रदान गरायौ ।

तिमीले कत्तिलाई माया जालमा पार्यौ
कत्तिको विवाह गरायौ
कत्तिको विछोड गरायौ
एक अर्कामा माया जालमा परायौ
कत्तिलाई अकालमै मरायौ
कत्तिको घरजम जुटायौ
कत्तिको घरजम नै टुटायौ
हराएकाहरुलाई भेटायौ
परिवारसँग मेल गरायौ ।

जन्मदिन र गाठवर्षको शुभकामना दिन सजिलो बनायौ
मृत आत्माहरुलाई श्रद्धाञ्जली चाडो पुर्यायौ
विवाह, व्रतबन्ध पासनी टिकोटालोमा घरमै बसिबसी शुभकामना दिन सजिलो बनायौ
जन्ती–मलामी जान सूचना घरघरमा पुर्यायौ
अनलाइनमा विवाह गर्न सजिलो बनायौ
टाढालाई नजिकै नै तिमीले बनायौ
हुलाकबाट आउने चिट्ठीपत्रलाई विस्थापित बनायौ
रोजगारलाई बेरोजगार बनायौ
बेरोजगारलाई रोजगार बनायौ
डढेको खानेकुरा खाने बनायौ
नमस्कारको संस्कारलाई हटायौ
बच्चादेखि बृद्धसम्म सबैलाई घोप्टो परेर मोबाइल चलाउन खटायौ
कत्ति कुरा सजिलो त कत्ति कुरा गाह्रो बनायौ ।

धन्यवाद छ अमेरिकी हार्वर्ड विश्वविद्यालयका मार्क जुबरबर्ग तिमीलाई
तिमीले नै फेसबुक (मुहारपुस्तिका) बनायौ
तिम्रो आज जन्मदिन
त्यसैले आज तिम्रो जन्मदिन मना-बनायौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button