आफु जलेर पनि यो अराजकतन्त्रलाई तिमीले काँधमा हालेर लगेको भान भैरहेको छ

कविता राणा

बसन्त श्रृतुको आगमनलाई पनि
हर्षित मनोभावले स्वागत गर्न सकिरहेको छैन
प्रेमप्रसाद आचार्यको आत्मदाहको कारणले ।

तिमीले आत्मदाह मात्र गरेनौ
सिंगो देशको अव्यवस्थित व्यवस्थालाई उजागर गरेर
नंग्याइदियौ आफु जलेर
म कसरी रमाउन सक्छु र तिमी जलिरहेको देखेर ?

कसरी त्यहाँका वरपरका व्यक्तिहरुले बेवास्ता गर्न सकेको ?
आगोको ज्वालामा दन्किरहेको जिउँदो शरिरलाई नेताको आगमनको आडमा ?
म कसरी हाँस्न सक्छु र तिमी तडपिरहेको बेलामा ?

आफु जलेर पनि
यो अराजकतन्त्र र अव्यवस्थित प्रणालीलाई
तिमीले काँधमा हालेर लगेको भान भैरहेको छ ।

युवापुस्ता जागृत होऊ न
आफ्नो अधिकारको लडाईंमा
देशको यो असहनिय बेथिति पराजित ण्होस्
प्रेमप्रसाद आचार्य तिम्रै आत्मदाहको कारणले ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button