प्रेमप्रसादको मृत्युमा एउटा कविता

टंक सुवेदी

सपना सुन्दर देखेर कदम चालिरहे
एउटा मान्छे निरन्तर हिडिरहे
केही कदम आशावादी केही परिवन्दका
निरन्तर जोखिम धेरै धेरै विवशता
कहिले व्यापार कहिले सेवा
एक्लो यात्री जतासुकै धोका ।

हृदय टुटिरह्यो, मन दुखिरह्यो
हुटहुटि बोकेको मान्छे भासिइरह्यो
कहिले बैंकले लुस्छ कहिले साहुले कस्छ
निस्किने बाटो खोज्दा प्रेम रिणमा डुब्छ
न चिन्यो इलमले, न त इलामले
न त खाडीले चिन्यो, न चिन्यो नेपालले ।

परिश्रमी मान्छे, परिश्रम गरिरह्यो
धेरैलाई बचाउन आफू मरिरह्यो
ब्याज बढेर साउँमा सधैं गाभिँदा
कति गार्‍हो भयो होला पीडित उभिदा
स्वाभिमान दुखिरह्यो तर शिर झुकेन
उनी जल्दा लाखौं मन दुख्दा सदन दुखेन ।

युवा जल्दै गए, योजना बल्दै गए
सपना उड्दा परिश्रमी ढल्दैगए
नागरिक को हुने, किन र कसरी
आत्मदाह गराउने किरा जसरी
रातो र चन्द्र, सुर्य कहिले झुकेन
नागरिकको पीडा शासकले बुझेन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button