बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ४३ औं शृङ्खला सम्पन्न

उद्धव अविचल
बर्दीबास, महाेत्तरी

बर्दिवास साहित्यिक-सास्कृतिक प्रतिष्ठानको ४३ औं शृङ्खला माघ ८ गते आइतबार प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल विद्रोही)को अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रतिष्ठानका युवा सदस्य तथा साहित्य अनुरागी मनिष महतोले सञ्चालन गरेको सो कार्यक्रमलाई शुभकामना दिने स्रष्टाहरुमा प्रलेस केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष तथा मिथिला साहित्य प्रतिष्ठानका सल्लाहकार समितिका संयोजक नानीराम दहाल (बन्चरो), अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच, प्रलेस महोत्तरीका सदस्य तथा बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारदप्रसाद काफ्ले,सदस्य लालबाबु पोखरेल थिए भने कार्यक्रममा आफ्नो भनाइ राख्दै रेडियो नेपाल मधेश शाखा बर्दिवास गौरीडाडाका कार्यक्रम संयोजक सरोज रिजालले रेडियो नेपाल मधेश शाखा बर्दिवासबाट प्रत्येक हप्ता सोमबार दिउँसो साहित्यिक कार्यक्रम सञ्चालन हुने जानकारी गराउँदै सो कार्यक्रममा सहभागी हुन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा रेडियो नेपाल बर्दिवास शाखाका कर्मचारी राजकुमार अधिकारी,प्रलेस महोत्तरी अध्यक्ष नारायण घिमिरे र जनसास्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बुढ्यौली साहित्य समाज महोत्तरीका कोषाध्यक्ष विमला विश्वकर्मा,हात्तीलेट मा वि का प्र अ सूर्य नारायण दास, वि व्य स अध्यक्ष गुञ्ञबहादुर सुस्लिङ र बर्दिबास नगर शिक्षा अधिकृत रमण निरौला अतिथिको रुपमा उपस्थिति थिए ।

उक्त शृङ्खलामा विभिन्न लयका गीत र कविता वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरुमा, मनिष महतो, पुरुषोत्तम वराल, मन्दिप कार्की, पूजा कुशवाहा, प्रतिमा पौडेल, रसिकराज पौडेल, इन्दु महतो, नारद काफ्ले, लालबाबु पोखरेल, जीवनस्पर्शी, नानीराम दहाल, अग्नि कवच, यशोदा श्रेष्ठ, दशक बलप्पाकी र विपुल विद्रोहीले वाचन गरेका थिए भने मोनालिसा बलप्पाकी, जेम्स महतो, करिमा पौडेल, रमिला भुजेल, प्रश्ना कार्की उपस्थिति थिए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button