वेपत्ता खत्रीको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले भेट्टायो

काठमाडौं जिल्लाको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button