पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धासुमनसहित मुटु फुटाउने कविता

लक्ष्मी मैनाली पाठक

पारीपट्टि आमाले छाती पिटी रुँदा
वारी बसी छोराले फूलमाला लायो
आमाकै शिरमाथि हात तेर्साएर
कहिल्यै नरुवाउने शपथ पनि खायो
तलबाट छोराले आमा भनी चिच्याउँदा
जहाजैबाट बाउले हात हल्लायो
श्रीमानको लाशमाथि टाउको राखी रुँदा
क्षतिपूर्ति दिने आश्वासन बर्सायो
लठ्ठी टेक्दै लिन पुगेका बाबा
छोराको हात समाई फर्कने आशमा
बीच बाटोमै सहारा टुट्दा
आकाशले थिच्यो मुटुबीच माझमा
खोला पारी भाइ रुँदा पत्नी वियोगमा
वारिपट्टि दाइले मनायो उत्सव
दैवको लिला बुझिसक्नु छैन
ह्रदयविदारक अति नै विभत्स
मानवताभित्र विवेक हराए
दुखमा हातेमालो गर्ने हातहरु हराए
रगतैका नाता किन नहुन आफ्ना
एकआपसमा दुख साट्ने संस्कारै बिलाए
यो दुखमा मुटु काम्दा खेरी
रमिते बने जमात जो छन् भिड
हतारो सबैमा स्वार्थ सिद्ध गर्ने
कठै मानवता कति भो निर्लज्ज ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button