आज उसकै चरित्रमा दाग लगाउँदै छ उसकै श्रीमान्
सम्झना बस्नेत
आज उसकै चरित्रमा दाग लगाउँदै छ उसकै श्रीमान्
टोलाएर हेरी बसेकी छे, गुमाएर स्वाभिमान
कस्तो अभागी खप्पर रहेछ यो आलछिनाको
नोकर बनी सेवा गर्दा पनि सहनुपर्छ भूहरतान इनको
सासु-ससुराको अगाडि आँखाभरि आँसु लिएर उभ्भी !
थाहा छ छोरा जाँडमा लिन छ, दिन्छन् त्यही नी स्याबासी
छोरी त सबैलाई प्यारो हुन्छ नी हजुर, बुहारी चाई किन पिरलो ?
सबैको मारपीट सहनै पर्ने, यो कस्तो विरलो ?
आजसम्म उसले दिएका खतहरु नी हाल्न पुगिछे
अब चाहिँ माइती अनि आमालाई वन्छु भनी फोन उठैछे
हात खुट्टा कम्यो, फोन खस्यो; कती कोसिस गरी सम्झाउन
न माइतीलाई भन्न सकि न सकि आफ्नो स्वाभिमान जोगाउन
मन भित्रबाट आएको चिक सहन सकिन छे आज
उबियु त विरुद्ध कसरी भन्छे आफ्नै परिवार माझ ?
मन दुखाउने आफ्नै हुन्छन्, रुन्छु भन्दा आँसु खोस्दिन्छन्
नारी परे नी हजुर, आवाज उठाउँदा मुखमा थुक्दिन्छन्
हुर्किएकी छोरीलाई देख्दा मन डराएर कापन पुग्दछ
‘O mom chill na’ भन्दै नाच्दै हाँस्दै हिड्ने मेरी नानी, यस्तै खेपप्छे भन्दछ
पतिको हरेक कुरा मान्नु, सासुसासुरको इज्जत थाम्नु भनेकी थिइन् आमाले
छोरीलाई कहिले नरुवाउनु भनी हातजोडेका मेरा घमण्डी बाबाले
सबै झूटा रहेछन्, सबैका वाचाकसम फुट्दा रहेछन्
हजुर, आइमाई नाथेको भाग्यमा लोग्ने भनौदा हाँस्दा रहेछन् !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)